नेपालगन्ज — दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म बाँके,बर्दियालगायतका जिल्लामा सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम विक्री वितरण गरिने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार […]
काठमाडौं । चाडपर्बको लक्षित गरि नेपाल राष्ट्र बैंकले यस वर्ष पनि १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ […]
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आइतबार तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ । […]
४ असोज, काठमाडौं/अनलाईन खबर । दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म सरकारले चिनी आयात गर्ने अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको खुलेको छ । सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार नियन्त्रण गर्न भन्दै यी दुई कम्पनीबाट चिनी लगायतको खाद्यन्न बिक्री गर्दै आइरहेको थियो । तर, अहिले […]
काठमाडौँ /ईकान्तिपुर — पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको भाउ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा मंगलबार र बुधबार एक अमेरिकी डलरको विनिमय दर १ सय ३३.५४ रुपैयाँ (बिक्री दर) पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार र बुधबारका लागि तोकेको अमेरिकी डलरको खरिद दर १ सय ३२.९४ रुपैयाँ छ । यो हालसम्मकै उच्च […]
बीबीसी । अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषण वा रेमिट्यान्स आम्दानी यो आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै कीर्तिमान हो। कोभिड महामारीले दुई वर्ष रेमिट्यान्स आयमा प्रभाव पार्दा त्यसका कारण देशको विदेशी मुद्रा सञ्चितिमा पहिरो गएको थियो। केही विज्ञले नेपाल अब श्रीलङ्काको अवस्थामा पुग्न लागकेो हो कि भनेर […]
३१ भदौ, काठमाडौं । ठूला चाडपर्व नजिकिएसँगै कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले वृद्धि गरेको छ । जिउँदो कुखुराको मासुको मूल्य बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाएका छन् । २५ भदौमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर […]
काठमाडौँ — इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको नेपाल आयल निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी […]
काठमाडौँ — निजी क्षेत्रलाई विद्युत् व्यापार दिनेगरी विद्युत् विधयेक २०८० को मस्यौदा संसदमा दर्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बुधबार विधयेक दर्ता गरेका हुन् । लामो समयदेखि निजी क्षेत्रले माग गर्दै आएको विद्युत् व्यापारलाई ऐनको मस्यौदामा समावेश गरिएको छ । विद्युत् व्यापार तथा प्रसारण लाइनमा निजी क्षेत्रको सहभागितालाई प्रस्तावित मस्यौदाले […]
नेपालगन्ज । कृषिगणना अनुसार नेपालमा अहिले कुल ४१ लाख ३० हजार परिवारले २२ लाख १८ हजार हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। दश वर्षअघिको कृषिगणनामा ३८ लाख ३१ हजार परिवारले २५ लाख २५ हजार हेक्टरमा कृषिकार्य गरेको पाइएको थियो। राष्ट्रिय जनगणना अनुसार नेपालमा १० वर्षको अवधिमा १२ लाख घरपरिवार थप भएका थिए। त्यसमध्ये कृषि कर्म […]












