नेपालगञ्ज/रासस । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् । “पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार पाँच सय ८८ बालबालिका फेला […]
घोराही/ रासस । यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेका छिन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् । घोराही–१२ निवासी […]
बर्दिया, ६ पौष २०८१ बर्दिया, बढैयाताल गाउँपालिका ६ मैनापोखार बजारमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नागरिक उन्मुक्ति पार्टी बढैयातालको आयोजना तथा रेडक्रस सोसाइटी पारदेशिक रक्तसंञ्चार केन्द्र नेपालगन्जको प्रबिधिक सहयोगमा रक्तदान कार्यसम्पन्न गरिएको पार्टीका पालिका कमिटीका अध्यक्ष लल्लुराम थारुले बताए । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय महासचिव ठाकुर सिंह थारु र पालिका कमिटीका अध्यक्ष […]
काठमाडौं । किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० हजारभन्दा बढी खोप […]
काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताएकी थिइन्। उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
७ मंसिर , बढैयाताल बढैयातालमा संचालित अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाके युनेस्को क्लब द्धारा संचालित अपांगता समावेशी शिक्षा कार्यक्रम अन्तरगत आयोजित बालबालिकाको अपांगता पहिचान तथा परिचय पत्र बितरण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका हुन् । […]
बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा आएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै […]
काठमाडौं/रासस- आगामी पुस ४ गतेदेखि फार्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ। नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फार्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन(बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो। परिषद्का रजिष्ट्रार सञ्जीवकुमार […]












