भक्तपुर, वैशाख २२ गते । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभएको छ । बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उहाँले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि रु ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न […]

नेपालगन्ज । बाँकेमा डिपिटी र पोलियो खोप अभाव भएपछि दाङ र बर्दियाबाट सापटी मागेर काम चलाइएकोे छ । बाँकेका स्वास्थ्य प्रमुख अंगतबहादुर शाहीले बाँकेमा डिपिटी र पोलियो खोप अभाव भएपछि बिहीबार दाङ र बर्दिया जिल्लाबाट सापटीमा खोप ल्याउन थालिएको बताएका छन्। बर्दियाबाट २५० भाइल र एक सय टेन्टा तथा दाङबाट पनि एक सय टेन्टा खोप […]

तानसेन, वैशाख २० गते । कतै भ्रमण नगरेका मानिसमा मलेरिया (औलो) देखिएपछि नियन्त्रणका लागि झुल वितरण गरिएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका वडा नं ३ मा मलेरिया (औलो) सङ्क्रमण देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) र सेभ द चिल्ड्रेनको सहयोगमा स्थानीय बासिन्दालाई लामखुट्टेबाट बच्न झुल वितरण गरिएको हो । गाउँपालिकाको वडा […]

१४ बैसाख बढैयाताल , पडरिया टोल स्थित मधेशी समुदायका पुरुषहरु लाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ ।   प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ७ को पडरियाको मधेशी टोलमा २०८१ बैसाख १२ गतेदेखि १४ सम्म यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण  गरिएकाे हाे […]

  नेपालगन्ज, वैशाख १४ गते । बाँकेको दुर्गम र पिछिडिएको नरैनापुर गाउँपालिकामा औलो रोगको सङ्क्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जना औलोका नयाँ बिरामी भेटिएपछि गाउँपालिकाले सो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार गत आर्थिक वर्ष २०७९।०८० मा सो पालिकामा […]

  तानसेन, वैशाख १४ गते । पाल्पामा मलेरिया (औलो) का बिरामी देखिने क्रम बढेको छ । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत आर्थिक वर्षमा पाल्पामा पाँच जनामा मलेरिया पुष्टि भएकोमा यो वर्ष चैत मसान्तसम्ममा छ जनामा पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । विगतका वर्षमा एक/दुई […]

  नेपालगन्ज, वैशाख १२ गते । नेपालगन्जस्थित भेरी अस्पताल लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उक्त अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेर देशभरिमै लगातार तेस्रो पटक उत्कृष्ट बनेको हो । स्वास्थ्य सेवा विभागका डा. उत्तम पाच्याले मुलुकका विभिन्न सङ्घीय अस्पताल मध्ये […]

बर्दिया —जिल्ला अस्पताल बर्दियामा पहिलो पटक हेमो डायलासिस सेवा मंगलबारबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले जिल्ला अस्पताल बर्दियामा विधिवत रुपमा उक्त सेवाको उद्घाटन गरेका हुन् । चौबिसै घण्टा सञ्चालन हुने यस सेवामा दुई जना चिकित्सकसहित दश जना स्टाफ नर्स खटिएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभास पाण्डेयले बताए । डायलासिसका […]

  बर्दिया —नालामा माछाको खाँदा गुलरिया नगरपालिका–९ टेपरीका ४५ वर्षीय शम्सेर अली नाउको परिवारका ९ जना बिरामी भएका छन् । नालाको माछा चनासँग खाँदा नाउको परिवारका नौ जना झाडा पखाला लागि बर्दिया जिल्ला अस्पतालमा भर्ना भएका छन् । आकस्मिक कक्षमा भर्ना भएकामध्ये ४ वर्षीया रोश्नी नाउको अवस्था चिन्ताजनक भएकोले नेपालगन्जस्थित नर्सिङ होममा रिफर गरिएको अस्पतालका […]

काठमाडौं । सरकारले आज बिहीबार र भोलि शुक्रबार दुई दिन २९ लाख बालबालिकाहरुका लागि राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि खुवाइने बताइएको छ ।