काठमाडौं । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र […]

हेटौंडा — अस्पतालमा डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबार वसेको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ […]

  नेपानगन्ज ।  युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको छ । निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए अनुसार उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल […]

अनलाइनखबर/काठमाडौं । गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका हुन् । गृहसचिव […]

नेपालगन्ज बुधबार, असोज २४ थारु कलाकार मंच बाँकेका दोस्रो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । थारु कलाकार मंच बाँकेका अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट रामु चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरी, उपाध्यक्ष श्रीदेबी थारु, सचिव देवदास चौधरी, सहसचिव संजिता सुमकुशुम्या, कोषध्यक्ष […]

बाँके। ईलाका प्रहरी कार्यालय धनौलिले खजुरा गाउँपालिका-६ सिमलघारीबाट १ सय मिलिग्राम ब्राउनसुगरसहित ४ जनालाई पक्राऊ गरेको छ । प्रहरीका अनुसार पक्राऊ पर्नेमा, सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोर रहेका छन् । त्यस्तै खजुरा गाउँपालिका-६ सिमलघारीबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र […]

काठमाडौँ — आदिवासी जनजातिलगायत जातीय संस्थाहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् । शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न उनीहरुको माग छ । संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । परम्परागत धारमा व्यवहारमा […]

असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका […]

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको तर, सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा आफूहरुले केही गर्न नसकेको गुनासो गरेका छन् । आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित प्रमुख आयुक्त राईले मालपोत कार्यालय, यातायातमा अथवा जहाँतही जुन रकम लेनदेन […]