काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती जस्ता प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै […]
बर्दिया — भोटेकोशी बाढीपछि रसुवामा काम गर्न गएका र सम्पर्कविहीन भएका बर्दियाका ७६ जनाको अवस्था अझै अज्ञात छ । आफन्तको खोजीमा घटनास्थलदेखि विभिन्न अस्पतालसम्म पुगे पनि कुनै पत्तो नलागेपछि परिवारजन अहिले डीएनए परीक्षणबाट पहिचान खुल्ने आशामा छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार सम्पर्कविहीन व्यक्तिका आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरेको छ । […]
काठमाडौ । नेपाल र भारतको संयुक्त टोली लेचिलिमे जलविद्युत् आयोजनाभित्र फसेका मानिसहरूको उद्धारको प्रयास गरिरहेको छ । तर पनि ठूला उपकरण लैजान सकिएको छैन । उद्धार कार्य सुरुङसम्म उद्धार टोली र उपकरण पुर्याउन सडक नभएकाले हेलिकप्टरबाट पालैपालो पुर्याइएको छ । शनिबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सुरुङको मुखसम्म पहुँच मार्ग बनाएर एक्स्काभेटरहरू लैजान प्रयास […]
पुनर्निर्माण तीव्र: चीनतर्फबाट आएको बाढीले धादिङ, नुवाकोट र रसुवा क्षेत्रका पूर्वाधारमा पुर्याएको क्षतिपछि सरकार र नेपाली सेनाले सडक तथा पुलको आपत्कालीन पुनर्निर्माण र बेलिब्रिज जडान कार्य तीव्र बनाएका छन्। क्षतिको विवरण: बाढीका कारण करिब ५५ किलोमिटर सडक र ३५ वटा पुलमा पूर्ण क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार क्षति करिब रु. ३० अर्ब बराबरको छ। […]
बाँके/रासस । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ । रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना […]
काठमाडौं ।रसुवा बाढीको ११ औँ दिन एक बिदेशीसहित दुई जनाको जिवितै उद्दार गरिएको छ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो। अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर […]
बर्दिया । रसुवा बाढीमा परी बर्दिया ७३ जना बढी सम्पर्क बिहिन छन् । सम्र्पक बिहनहरुको अवस्था सार्वजनिक हुननसक्दा परिवार बेचैन छन् । उनीहरुले अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् । बर्दियाबाट सम्पर्कविहीनको सूचीमा अनिल थारू, गजल घर्ती, गरिमा घर्ती, टेकबहादुर चन्द, डिला घर्ती, मनबहादुर मेदासी, लक्ष्मी बुढा, शिवलाल बुढा, अमर थापा, तारा उपाध्याय, शिक्षा पौडेल, […]
बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिकामा भीषण पहिरो जाँदा चौलानी नदी थुनिने जोखिम बढेको छ। अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खसेपछि चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी थुनिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गरी नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह […]
काठमाडौँ । रसुवामा बाढीपहिरिपछि माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका १९१ जना कर्मचारी तथा श्रमिकहरूको खोजी कार्य जारी छ। तर सडक अवरुद्ध हुँदा उद्धारका लागि ठूला उपकरण घटनास्थलसम्म पुर्याउन निकै सास्ती भएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि अहिले आयोजनास्थलमा तीनवटा साना एस्काभेटरले भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम गरिरहेका छन्। यद्यपि, हालसम्म मानिस वा […]
नुवाकोट- भोटेकोशीको भीषण बाढीपछि नुवाकोटस्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १०औं दिनमा जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले विदेशी उद्धारकर्मीहरूको समेत सहयोगमा उनीहरूको आज सफल उद्धार गरेको हो। उद्धार गरिएकाहरू काठमाडौंका कबिर महर्जन र सप्तरीका सञ्जय साह रहेका छन्। भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएलगत्तै […]











