गुलरिया — बर्दियाको ठाकुरबाबा  नगरपालिका–९ बनखेतमा चितुवाले आक्रमण गर्दा तीन जना घाईते भएका छन् । उनीहरु पैदल हिँडिरहेका आईरहेका बेला चितुवाले एक्कासी आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जनाए । उनका अनुसार स्थानीय २४ वर्षीया राममाया चौधरी, ५० वर्षीय भोजुराम थारु र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका […]

नेपालगन्ज/ रासस । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागूऔषध दुर्व्यसनलगायतले कुलतको च्च जोखिममा रहेका युवाको […]

नेपालगन्ज, जेठ ४ गते। ४० डिग्री भन्दा बढीको तापक्रम र त्यसमाथि तातो हावा ‘लु’ को कहरले अत्यधिक गर्मी हुँदा बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ। गर्मीले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुराका अधिकांश सर्वसाधारण अत्यधिक प्रभावित भएका छन्। उनीहरू मध्ये केही बिरामी परेका छन् भने अधिकांश घरमै बस्न बाध्य छन्। यस्तो गर्मीमा पनि नेपालगन्जका विभिन्न स्थानमा गर्मीको […]

नेपालगन्ज । मौसम पुर्ब अनुमान शाखाका अनुसार केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । चेतावनी तथा परामर्शः आगामी केही दिन सम्म देशभरको तापक्रमको […]

  राँझा (बाँके), जेठ ३ गते । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । दुई स्काभेटर, नौ […]

बर्दिया । नाम हो, मोलहे भुजुवा । उमेर करिव ६५ वर्ष । बाध्यताले मकै पोल्ने पेशा गर्छन । यति बेला बर्दियाको तापक्रम करिव ४१ डिग्री सेल्सीयस छ । उखरमाउलो गर्मीमा सर्वसाधारणको जीवन कष्टकर छ । तर, मोलहेलाई यो गर्र्मीको कुनै परवाह छैन । माथीबाट ४१ डिग्री सेल्सीयस र १०० डिग्री सेल्सीयस तापक्रम मकै पोल्न तयार […]

नेपालगन्ज, जेठ ३ गते । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाने तथा त्यसपछि वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेकोमा सो समस्या समाधान […]

  बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखरका सकिना खानको घरमा डोजर लगाउने समयमा पालिका प्रमुख हिमालय त्रिपाठी र ६ नम्बरका वडाध्यक्ष शुक्रराज सापकोटा घटनास्थलमै रहेको खुलेको छ । सकिनाको घर गएको बैशाख २२ गते गाउँपालिकाले डोजर चलाएर भत्काएको थियो । उक्त घट्नमा साना किसान सहकारी संस्था मैनापोखरका उपप्रबन्धक मधुराम थारु र वडाध्यक्ष […]

काठमाडौं/  भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ। राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो। कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक पनि नदिइ […]

नेपालगन्ज । बाँके प्रहरीमा वैशाख महिनामा १७० वटा मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार मुद्दा दर्तापछि १४२ जना पक्राउ परेका छन् । पुराना ३९ मुद्दाहरु फर्छौट गरिएको छ । फरार अपराधी पक्राउ गरी फैसला कार्यन्वयन गर्ने उद्देश्यका साथ ३२ जना फरार अपराधी पक्राउ गरीएको, जसबाट १०३ बर्ष २ महिना ३ दिन कैद र चौहत्तर […]