काठमाडौं । काभ्रेमा मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएर एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको […]
खजुरा, वैशाख २७ गते । देशकै अत्यधिक गर्मी हुने ठाउँमध्येको एक नेपालगन्जमा गर्मीयाममा ४० मेगावाट विद्युत् आवश्यक हुने गरेको छ । ४० मेगावाट विद्युत् आवश्यक रहे पनि हाल ३० देखि ३२ मेगावाट विद्युतले नेपालगन्जको माग मुश्किलले धानिरहेको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमार्फत हाल ३० देखि ३२ मेगावाट विद्युत् वितरण भइरहेको वितरण केन्द्रका […]
भिडियो बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ६ की सकिना खानको घरमा डोजर लगाइएको घटनाले बर्दिया तातेको छ । अझ ५० हजार रुपैयाँ काण्डले कतिपयको निद हराम भएको छ । सकिनाले घरबासको जग्गाको लालपुुर्जा बनाउन वडाध्यक्षले एक लाख रुपैयाँ माग गरेको त्यस मध्ये ५० हजार रुपैयाँ श्री साना किसान सहकारी संस्था मैनापोखरका सहायक प्रबन्धकको मधुराम […]
काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले कोहलपुर नगरपालिका १२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरेको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली […]
देउखुरी, वैशाख २७ गते । लुम्बिनी प्रदेशमा राजस्व सङ्कलनमा सङ्कुचन आएपछि आगामी आर्थिक वर्षको बजेट घटाइने भएको छ । चालु आवमा छ अर्ब ७३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अपेक्षित राजस्व सङ्कलन गर्न नसकेपछि बजेटको आकार घट्ने भएको हो । अब केन्द्र सरकारले पठाएको बजेटलाई नै बाँडफाँट गरेर आगामी वर्षका लागि बजेट निर्माण गर्नुपर्ने […]
काठमाडौँ, वैशाख २७ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । […]
रासस/ खजुरा । अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको हो । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको […]
खजुरा, वैशाख २६ गते । बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी कृषि अर्थ विज्ञ जीवनकुमार केसीले कार्यालयले आह्वान गरेको सूचनाका आधारमा कृषि […]
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाले वडा नंं ६ मैनापोखरका वडा अध्यक्ष शुक्रराज सापकोटाले घर नभत्काउने सर्तमा १ लाख पैसा घुस मागेको घटनामा श्री साना किसान सहकारी संस्था लिमिटेड मौपोखरका सहयाक प्रबन्धक मधुराम थारु पनि मुछिएका छन् । पीडित सकिना खानले वडा अध्यक्ष सापकोटालाई ५० हजार नगद मधुराम कै घरमा राति ८ वजे बुझाएको भिडियो […]
नेपालगन्ज, वैशाख २५ गते । बाँकेमा पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। जिल्लाका विभिन्न सामुदायिक वन र चक्ला वन क्षेत्रमा केही महिनादेखी डढेलो लागिरहेको छ । बाँकेको नरैनापुर, राप्ती सोनारी, कोहलपुर लगायत क्षेत्रमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुर सब डिभिजनका […]












