बुटवल /रातोपाटी । बर्दियाको गुलरिया नगरपालिका वार्ड ५ बस्ने सुमन शर्मा रायमाझी दोस्रो पटक लुम्बिनी प्रदेश सभा सदस्यका रूपमा छिन् । पहिलो कार्यकालमा उनी कृषिमन्त्री समेत बनेकी थिइन् । दुई कार्यकाल जनताको प्रतिनिधि बनेर प्रदेशसभा रहेकी र प्रदेशको मन्त्रीसमेत भइसकेकी उनीविरुद्ध अहिले बैंकिङ कसुरमा उजुरी परेको छ । पर्साको पोखरिया बस्ने आशा चौहानले उनीविरुद्ध जिल्ला […]

FILE PHOTO बर्दिया — बढैयाताल गाउँपालिका–६ उच्चागाउँमा भे १ त ६०८२ नम्बरको ट्रलीसहित काठ बरामद भएको छ । उक्त ट्र्याक्टरमा १ सय २९ दशमलव ५७ क्युफिट सालको चिरानी काठ बरामद गरिएको प्रहरीले जनाएको छ । चिरानी काठ १३ लाख ५ सय ६५ रुपैयाँको मूल्य बराबरको रहेको अनुमान छ । बरामद काठ र ट्र्याक्टर आवश्यक कारबाहीका […]

    काठमाडौं, १० असार । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ।   लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो ।   सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।   नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्।   […]

  काठमाडौं, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । […]

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध जारी भएको पक्राउ पुर्जी हालसम्म जिल्ला प्रहरी कार्यालय बर्दियामा नआएको पाइएको छ । जिल्ला अदालत पर्साबाट रायमाझीविरुद्ध जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैङ्किङ कसुरमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । […]

नेपालगन्ज । किसानलाई धान रोप्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हँुदा कतिपय किसानले धान रोप्न समस्या भएको छ । । भारतबाट तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा […]

  पाल्पा/ईकान्तिपुर — पाल्पाको रामपुर नगरपालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक भत्ता दिने भएको हो ।   ‘नगरपालिकाका गाउँघरमा जन्मदर कम हुँदै गएको भन्ने निष्कर्षमा पुगेपछि यस्तो निर्णय गरेको हो,’ रामपुर नगरपालिकाका नगरप्रमुख […]

२०८२ आषाढ ०९ गते (सोमबार) आज दिउँसो दिउँसोः देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको थेरै स्थानहरूमा तथा बाँकी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू […]

  बर्दिया । बैकि बैंकिङ कसुर मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पर्सा प्रहरीले पक्राउ पुर्जि जारी गरेको छ । उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पर्सा प्रहरीले पत्र लेखिसकेको छ । प्रहरीका अनुसार हाल उनी रहेकी छिन्। प्रहरी स्रोतका अनुसार पर्साकी आशा कुमारी चौहानले बैंकिङ कसुर मुद्दामा उजुरी दिएकी हुन । उनले साढे ५ लाख रुपैयाँ […]

बाँके/रासस- गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको संख्या बढेको छ। भेरी अस्पतालमा छाला रोग विशेषज्ञका अनुसार बिरामीको संख्या बढ्दै गएको छ। नरैनापुर गाउँपालिकामा भारतसँगको सीमा क्षेत्रमा छाला रोगका बिरामीको संख्या बढेको छ। दैनिक ४०-६० बिरामीको जाँच गर्दा २०-२५ जनामा छाला रोग देखिएको छ। छाला रोगमा दाद, लुतो, र चिलाउने समस्या देखिएको छ। स्वास्थ्यकर्मीका अनुसार वयस्कदेखि […]