काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए । उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी […]
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा शनिवार विहान ६ जना स्थानीय घाइते भएका छन् । स्थानीयका अनुसार घाइते हुनेमा झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार […]
बुटवल । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो । गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल […]
मौसम विश्लेषण (Meteorological Analysis): हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लागेको अवस्था छ । दिउँसोː कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । […]
रायपुर । भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ । लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति बेहोर्नुपरेको छ । […]
नेपालगन्ज, २६ मंसिर २०८१ नेपालगन्जमा संञ्चालन भैरहेको भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिमका प्राशिक्षकहरुलाई फिल्डमा अनुगमन गराएर गड्यौला मल र झोल मल बनाउने प्रयोगात्मक अभ्यास गराइएको छ । ८ दिनसम्म चल्ने तालिमको तेस्रो दिन मंगलबार नेपालगन्ज १ मा रहेको गड्यौला मल उत्पादन उद्योगमा फिल्ड अनुगमन गराई गड्यौला मल र झोल मल […]
प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ […]
सुर्खेत । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, […]
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको मङ्सिर २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा प्रेस चौतारी नेपाल बाँकेका नेता विश्वराज पछल्डङग्याले बिद्रोही उम्मेदवार दिएका छन् । महासंघको नेतृत्वका लागि कांग्रेससंग आस्था राख्ने प्रेस युनियन र एमाले सम्बद्ध पत्रकाहरुको संगठन प्रेस चौतारीबीच एलायन्स भएपछि पछल्डङग्याले बिद्रोही उम्मेदवारी दिएका हुन । पछल्डङग्याको बिद्रोहले गठबन्धनमा ठूलो असर पार्न […]
काठमाडौं- बाँके नेपालगंज उपमहानगरपालिका-२ घरबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने १९ वर्षीय आकृत श्रेष्ठ र सोही उपमहानगरपालिका-२ घरबारी टोल बस्ने २२ वर्षीय कैलाश डाँगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट […]











