काठमाडौँ । आगामी मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ३९ पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन कोशी प्रदेश मोरङ जिल्लाको ग्रामथान गाउँपालिका अध्यक्ष पद, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुँरास नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका –६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको […]

  दाङ — पिङ खेल्न गएका दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । दसैंका बेला सशस्त्र प्रहरी कार्यालय नजिक बनाइएको पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर बलात्कार गरेको […]

काठमाडौँ — नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र हत्या प्रकरणमा न्याय माग्दै रुबी खानसहित ११ महिला ७७ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । उनीहरू हातमा संविधान र न्यायको प्रतीक ‘तराजु’ बोकेर हरेक बिहान ९ बजे कलंकीबाट खाली खुट्टा हिँड्दै माइतीघरमण्डल आइपुग्छन् । माइतीघरमण्डलमा बेलुका ६ बजेसम्म बस्छन् र फर्किन्छन् । न्यायको आसमा अर्को दिन उसैगरी मण्डलमा आउँछन् ।   महिला अधिकार […]

    लुम्बिनी /रासस — दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको बिहीबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।   लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी […]

पोेखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि ६ अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान […]

२०८१ कार्तिक ०८ गते (बिहिबार) दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । रातीːकोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी […]

धम्बोझी, कात्तिक ८ गते । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनुभएको छ । २०७६ सालमा नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक वर्ष अघिदेखि नै […]

  बुटवल/ईकान्तिपुर— लुम्बिनी प्रदेश सरकारमा बुधबार नियुक्त भएका तीन मन्त्रीले बिहीबारर शपथ लिएका छन् । कांग्रेसका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, देवकरण कलवारले वन तथा वातावरण र जसपाका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष शपथ लिएका हुन् ।   उनीहरूलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार […]

बीबीसी- दशैँपछि सहरी क्षेत्रमा डेङ्गी रोगको प्रकोप र पहिल्यै अन्य रोग भएका बिरामी अस्पतालमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्। “अझै एक महिना नेपालमा डेङ्गी सङ्क्रमण बढ्न सक्ने देखिन्छ र त्यसबीचमा थप क्षति नहोस् भन्नका लागि हामी सजग भएका छौँ,” प्रवक्ता डा प्रकाश बुढाथोकीले बीबीसी न्यूज नेपालीसँग भने। जनस्वास्थविज्ञ तथा […]

बाँके— तीहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लर्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरु तीहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका लुम्बिनी र कर्णालीका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन । तीहार मनाउन भारतबाट मजदुरी […]