रासस/जनकपुरधाम — जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मंसिर २६ गतेदेखि सुरु भएको महोत्सवको मुख्य दिन आज हजारौं श्रद्धालुहरूको उपस्थितिमा रंगभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिए । आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको […]
रासस/ काठमाडौं । नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका […]
दाङ । दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरी प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्। सोही क्रममा आइतबार बिहानदेखि […]
बीबीसी । “इन्डियन आइडलको मञ्चमा आजसम्म यति मनैदेखि कसैले गाएको देखेकी छैन। मैले तिम्रो स्वरमा ईश्वर देख्न पाएँ। त्यसका लागि यो मञ्च धन्य छ। हामी धन्य भयौँ,” अडिसन राउन्डमा मेनुका पौडेलले गाएको सुनेपछि निर्णायक मध्येकी एक भारतीय गायिका श्रेया घोषालको प्रतिक्रिया थियो। घोषालले प्रतिस्पर्धीबाट आएको त्यो तहको गायन प्रस्तुतीका लागि आफू तयार नै […]
काठमाडौं / सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायाधीश पदका लागि हुने सुनुवाइका लागि पुगेका थिए। उनलाई नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुद्दाको चाप कसरी घटाउनुहुन्छ? भन्ने प्रश्न राखे । ‘न्यायाधीशले आफ्नो काम गर्नुपर्यो। न्यायाधीशले गफ गर्ने होइन। आफ्नो इजलासमा परेका मुद्दामा लाग्ने। चार बजेसम्म ‘कजलिस्ट’मा लागेपछि मुद्दाको चाप […]
३० मंसिर, काठमाडौं । कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा आइतबार पनि हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार […]
रासस/दाङ । बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला । तुलसीपुर बजारका चोकचोकमा किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् । चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी । उनी […]
बाँके । सवारी ज्यान मुद्दामा फरार रहेका जिल्ला बाँके खजुरा गाउँपालिका वडा न. ५ उढारापुर बस्ने वर्ष २८ को अब्दुल रहमान जोलाहलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला अदालतले मिति २०७९।०८।२० गतेको फैसलाले जोलाहलाई सवारी ज्यान मुद्दमा २ वर्ष कैद सजाय तोकेको थियो । उनी हाल सम्म फरार रहेको हुँदा बाँके प्रहरी कार्यालयबाट खटिएको […]
बाँके — सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बिहीबार झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको छ । […]
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बिहिवार कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरी सो कुरा बताउनु भएको हो । स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र […]












