आदरणी न्यायप्रेमीहरु, आन्दोलनकारी साथीहरु तथा पत्रकार मित्रहरु नमस्कार ! आमरण अनसनको आज १७ औं दिन भईसक्यो तर सरकारले हाम्रा जायज मांगप्रति निरन्तर बेवास्ता गर्दै आईरहेको यंहाहरुलाई थाह भएको कुरा हो । आज डाक्टरले चेकअप गर्ने क्रममा भन्नु भयो सरकार संग छिटो कुरा गर्नुस आज १७ दिन भैसक्यो अब त स्लाईन पानी चढाउनलाई नसा पनि फेला […]

  नेपालगन्ज, असार ९ गते । बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका –१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ । गत बुधबार आएको भीषण हावाहुरीका कारण कोहलपुर नगरपालिकाको वडा १५ मात्र ७५ घरमध्ये केहीका छाना उडेका थिए । केहीका पर्खाल भत्किएर घर ढलेका थिए […]

मौसम विश्लेषण  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   हाल मौसमको अवस्था  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको […]

देउखुरी, असार ९ गते । लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ । दाङको राप्ती नदीको पानी लाग्ने राप्ती गाउँपालिकाबाहेकका स्थानमा रोपाइँ सुरु नै भएको छैन । अन्यत्र धानको बिउ राखे पनि सिँचाइ गर्न नसक्दा […]

काठमाडौँ, असार ९ गते । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी […]

काठमाडौँ, असार ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन् । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिनुभयो । […]

बाँकेको जानकी गाँउपालिकाले लौंगिक अल्पसंख्यकको अधिकार तथा सचेता बिषयकमा ३ दिने कार्यक्रम सुरु गरेको छ । जानकी गाँउपालिकाले कार्यक्रम गरेको हो सहजीकरण भने सहयोगी मन बाँकेले गरेको छ ।   कार्यक्रमका प्रमुख अतिथि जानकी गाँउपालिका अध्यक्ष्य छप्न खाँ विशिष्ट अतिथि रामप्यारी यादव ,महिला बालबालीका तथा जेष्ट नागरीक शाखा प्रमुख सोभा पौडेल , सहयोगी मन बाँकेकी […]

  नेपालगन्ज, असार ६ गते । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएकाे छ । स्थानीय पप्पु यादवले दिनुभएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० […]

  बीबीसी न्यूज- नेपालको मौसमसम्बन्धी मामिला हेर्ने निकायले बाढीबाहेक अन्य विपद्‌बारे पनि पूर्वसूचना दिने प्रणाली विकास गरिरहेको अधिकारीहरूले बताएका छन्। उक्त प्रणालीको माध्यमबाट धेरै किसिमका मौसमी विपद्‌बारे अग्रिम जानकारी हुने र सतर्कता अपनाउन सहज हुने उनीहरूको दाबी छ। यद्यपि त्यस्तो प्रणाली विकास गर्ने काम सक्न अझै केही वर्ष लाग्न सक्ने अधिकारीहरू बताउँछन्। कतिपय विज्ञका भनाइमा […]

बर्दिया । गए राति आएको हावाहुरीका कारण बाँके र बर्दियाका विभिन्न क्षेत्रमा बिद्युत सेवा बन्द भएको छ । नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको हो । बर्दियाको बाँसगढी, बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बिद्युत सेवा अवरुद्ध भएको छ । गोरखापत्र […]