बर्दिया/ बारबर्दिया नगरपालिका-१० स्थित तुलानाथ सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज । १९ हजार बचतकर्ताको अर्बौ रकम अपचलन गर्ने ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले नेपालगन्जमा समानता बचत सहकारी लिमिटेड खोलेर डेढ करोड रकम फिर्ता नगरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सहकारीमा जम्मा भएको करिब डेढ करोड फिर्ता नपाएको भन्दै ३० बचतकर्ताले उजुरी दिएका छन् । सोही उजुरीका आधारमा प्रहरीले तीन महिनाअघि […]
बर्दिया — बर्दिया निकुञ्जका अनुसार २०५६ देखि ०८० मंसिरसम्म बर्दियाको सामुदायिक वन र खाता जैविक मार्गको क्षेत्र वरिपरि ३६ जनाको ज्यान गइसकेको छ । बाघको आक्रमणमा १८ जनाको ज्यान गएको छ । यस अवधिमा हात्तीको आक्रमणमा १ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार १ सय […]
१० पुस, सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा शारदा थापालाई पोलमा बाँधेर कुटपिट गरिएको छ । प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् । त्यसपछि […]
काठमाडौ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा […]
काठमाडौं/सेतोपाटी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका सांसद सरोज थापा (रोज राणा) लाई उद्योग तथा यातायात मन्त्री बनाएपछि विरोध भएको छ। मन्त्री थापाले आइतबार शपथ लिएर कार्यभार पनि सम्हालिसकेका छन्। थापा २०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट उम्मेदवार भई प्यूठानको प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित भएका थिए। मुख्यमन्त्री चौधरीले […]
पोखरा । नवलपुरमा घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका बेला बाघको आक्रमणमा परि सासु बुहारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ । उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला […]
काठमाडौं/ रासस । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव […]
काठमाडौं, ८ पुस / रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-२ […]
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको छ । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो । […]










