अर्घाखाँची — सन्धिखर्क नगरपालिका–६ नरपानी जंगलमा पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ । स्थानीय, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले उद्धार गरी निकुञ्जमा लैजाने क्रममा मंगलबार सन्धिखर्क–गोरुसिंगे सडक खण्डको शीतगंगा नगरपालिकाको डाहोटेनजिकै मरेको डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।
बर्दिया । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]
बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टोलीले इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई ४० हजार घुससहित नियन्त्रणमा लिएको छ । लागूऔषधको मुद्दा सेटिङ मिलाइदिने भन्दै उनले ४० हजार घुस मागेका थिए । उक्त घुस रकमसहित अख्तियारको टोलीले साउदलाई पक्राउ गरेको हो । पक्राउ परेका […]
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया । १४ वर्षीया रिता हरिजन भन्ने सिलावतीको हत्या गर्ने भारतीय नागरिक महेश चौहानलाई बाँके जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि कारागार चलान गरेको छ । भारत बहराईच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागन्ज घरभई गुलरिया गाउँस्थित ससुरालीमा बस्ने चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको हो ।
१२ मंसिर, गुल्मी । बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकालाई बलात्कारपछि हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका छ्न । उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् । गत कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिका-४ को हुग्दी खोला किनारमा १५ वर्षकी […]
बुटवल । प्रदेशसभा निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । तर लुम्बिनी प्रदेशका संसदीय समिति अझैसम्म नेतृत्वविहीन छन् । रातोपाटिका अनुसार लुम्बिनी प्रदेश सभाका सदस्यहरूले गत पुस १७ गते शपथ लिएपछि प्रदेश सभाको पहिलो अधिवेशन गत पुस १८ मा सुरु भएको हो । माघ ३ मा सभामुख तथा उपसभामुख चयन भएका थिए । […]
बर्दिया —बारबर्दिया नगरपालिका-९ सतखलुवा ताल बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गर्दा करिब ४५ का अनिल शर्मा गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरीका अनुसार उनको स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा उपचार भैरहेको छ । घाइते शर्माको ठेगाना खुलेको छैन ।
बर्दिया । औषधि उपचारका क्रममा उत्पन्न विवादलाई लिएर नेपाल भारत सिमावर्ती लौकाही बजारका भारतीय नागरिकको कुटपीटबाट गुलरिया नगरपालिका–११ डाडालालपुरका ४० वर्षिय रमेश यादवको आइतबार मृत्यु भएको स्थानीयले बताएका छन् । यता बर्दिया प्रहरीले भने घटनाबारे जानकारी आएलगत्तै भारतीय समकक्षी अधिकारीहरुसंग समन्वय गरी घटना बारे जानकारी लिईरहेको जनाएको छ । मृतकका परिवारका अनुसार सीमावर्ती लौकाही बजारका […]
दैलेख । दैलेखको नौमूले गाउँपालिका–४ कालिकामा सीता योगीले खाना पकाउने भाँडा प्रहार गर्दा उनको श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको मृत्यु भएको छ । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ । भड्डुमा ढिँडो पकिरहेका बेला श्रीमान भीमले पहिला हात छाडेपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै […]












