नेपालगन्ज/गोरखापत्र । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने ‘रोड म्याप’ तयार पारेर अघि बढाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीतिसहितको ‘रोड म्याप’ कार्यान्वयन सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बाँके निकुञ्जमा पर्यटकलाई जाउँ–जाउँ […]
रासस/ लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगन्ज रोडको एक टहरा […]
काठमाडौं । निर्वाचन आयोगले यसअघि नै निर्धारण गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। आयोगले आजै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ […]
रासस/ देउखुरी । माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ । दाङका थारु बस्ती माघीमय भएका छन् । पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै […]
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाँउमा तीन सय दुई जनामा गरिएको र्यापिड डाइगोनिष्टक टेस्ट (आरडिटी) मा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला परेन । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडीटी जाँच गरिएको थियो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका […]
काठमाडौँ/ईकान्तिपुर— शीतलहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । जेष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो कपडा र वासस्थानमा पहुँच नपुगेका व्यक्ति/ समूह प्रभावित हुन सक्ने र रोगको जोखिममा रहन सक्ने भन्दै केही साता अघि स्वीकृत ‘शीत लहर […]
काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि […]
नेपालगन्ज । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङले बाँकेको कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि सर्भेको काम सुरु गरेको हो । फोकलपर्सन दुर्गा गौतमका अनुसार बाँकेलाई दुई कलष्टरमा बाँडेर […]
नेपालगन्ज । नेपालगन्ज भन्सारको राजस्व सङ्कलन र आयात निर्यातको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयका अधिकारीहरुसंग छलफल गरेका छन् । नेपालगन्ज भन्सारमा हुने राजस्व सङ्कलन र आयात निर्यातको सकारात्मक पक्ष धनगढी नाकामा लागु गर्न स्थलगत निरिक्षण गरी भन्सारका अधिकारीहरुस.ग छलफल गरेको मन्त्री धामीले […]
बर्दिया । मासुका लागि गाउँभरीका किसानले सामूहिकरुपमा जिता लेखाई सके । सुंगुरबंगुर, खसीबोका खोजीसके । ढिक्रीका लागि नयाँ धानको चामल तयार छ । गाउँगाउँमा सांस्कृतिक कार्यक्रम तय भइसकेका छन् । माघी मिलन कार्यक्रम विभिन्न स्थानमा आयोजना गर्ने अन्तिम तयारीमा युवाहरु जुतिसकेका छन् । गाउँमा खुसियाली छाएको छ । हालै धान बिक्री गरेकाले किसानलाई तत्कालका लागि […]











