काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो। बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति […]

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा, ,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा […]

  बर्दिया — प्रहरीले बर्दिया मधुवन नगरपालिका–८ हाटबजारस्थित कोठारी थारुको घरमा डेरा गरेर बस्ने भारत उत्तरप्रदेश बहराइच जिल्ला थाना मोतीपुर थाना उर्लाबजार घर बताउने सरोवर राइन बसेको कोठाबाट एक थान पेस्तोल फेला पारेको छ।   भारतीय नागरिक राईनले गत वैशाख २० गते थारुको घरको एउटा कोठा भाडामा लिएका थिए । गत भदौ २० गते भाडाको […]

सञ्जय मिश्रा रौतहट । सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् । स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटनास्थलमा नै ज्यान गएको […]

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ […]

  काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रहेको छ। बागमती, गण्डकी ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । […]

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको […]

बाँके । नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् । मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार […]

  नेपालगन्ज, असोज ९ गते । नेपालगन्जस्थित भेरी अस्पतालमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा गरिएका शल्यक्रियामध्ये दुई हजार ८६० वटा जटिल शल्यक्रिया गरिएका थिए । त्यसै गरी सो अस्पतालमा ३४५ वटा मध्यम खालका र ५८३ वटा सामान्य खालका […]

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशका केही र कोशी ,गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा […]