दार्चुला, । दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो । यसैगरी, घाइते दुई जनाको अवस्था […]
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । यो रेकर्ड सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनेको छ । फिल्म १३ औँ दिन प्रदर्शन भइरहेको छ । यसअघि धेरै कमाउने फिल्ममा नाम लेखाएको ‘कबड्डी ४’को रेकड समेत ‘पूर्णबहादुरको सारङ्गी’ले तोडेको हो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र […]
बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जले धान खरिद गर्न ढिलाई गरेपछि यहाँका किसानहरु सस्तोमै बिक्री गर्न बाध्य भएका छन् । धान खरिद गर्ने सरकारी प्रक्रिया निकै झन्झटिलो भएका कारण ढिलाई भएको हो । तर हिउँदे खेतिका लागि किसानले बीउ मल किन्न बिक्री गर्न बाध्य भएका हुन । किसानहरुले धान […]
बर्दिया — बाँसगढीका हरिबहादुर बुढामगरको हत्या गरी बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा फालेको आरोपमा सोही ठाउँका ३७ वर्षीय लक्षमण चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्दले मगरको हत्या गरी गत असोज २८ गते खोला फालेका थिए । बेवारीशे अवस्थामा शव फेला पारेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । बुढामगरका छोरा मनोजले चन्दको […]
काठमाडौँ, कात्तिक २९ गते । विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ । आफ्नै उमेर समूहका पुरुष टिमको सिको गर्दै नेपालको महिला यु–१९ क्रिकेट टिमले बुधबार आइसिसी यु–१९ विश्वकपमा खेल्ने सपना साकार पारेको छ । नेपालको महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्न […]
काठमाडौं । दुई दर्जन गोरुलाई यातना हुने गरी पुच्छर समेत बाँधेर, मुन्टो ठाडो पारेर नथीमा बाँधेर ओसारपसार गरेको पाइएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा […]
बुटवल । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोप लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ । । रविलाई लिखित रूपमा करिब ५५ प्रश्न तयारी गरेको स्रोतले बताएको छ। आज बयान सक्ने गरी प्रहरीले तयारी गरेको छ। बयानका लागि […]
आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसोː कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का […]
नेपालगञ्ज २७ कार्तिक २०८१ नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै कार्यालयका लागि जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । कार्यालयका लागि जमिन तथा भौतिक पुर्वाधार उपलब्ध गराउन खोज्दाखोज्दै पनि गराउन […]
बर्दिया। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० मतदाता रहेका छन् । १६७१ महिला र १८३९पुरुष मतदाता रहेका छन् । दुई वटा बुथ तोकिएको छ भने ५ मतदान स्थल तोकिएको छ । प्रमुख निर्वाचन अधिकृतमा बर्दिया जिल्लाका न्यायाधीश […]












