बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया । १४ वर्षीया रिता हरिजन भन्ने सिलावतीको हत्या गर्ने भारतीय नागरिक महेश चौहानलाई बाँके जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि कारागार चलान गरेको छ । भारत बहराईच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागन्ज घरभई गुलरिया गाउँस्थित ससुरालीमा बस्ने चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको हो ।  

    १२ मंसिर, गुल्मी । बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकालाई बलात्कारपछि हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका छ्न । उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् । गत कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिका-४ को हुग्दी खोला किनारमा १५ वर्षकी […]

  बुटवल । प्रदेशसभा निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । तर लुम्बिनी प्रदेशका संसदीय समिति अझैसम्म नेतृत्वविहीन छन् । रातोपाटिका अनुसार लुम्बिनी प्रदेश सभाका सदस्यहरूले गत पुस १७ गते शपथ लिएपछि प्रदेश सभाको पहिलो अधिवेशन गत पुस १८ मा सुरु भएको हो । माघ ३ मा सभामुख तथा उपसभामुख चयन भएका थिए । […]

  बर्दिया —बारबर्दिया नगरपालिका-९ सतखलुवा ताल बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गर्दा करिब ४५ का अनिल शर्मा गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरीका अनुसार उनको स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा उपचार भैरहेको छ । घाइते शर्माको ठेगाना खुलेको छैन ।    

बर्दिया । औषधि उपचारका क्रममा उत्पन्न विवादलाई लिएर नेपाल भारत सिमावर्ती लौकाही बजारका भारतीय नागरिकको कुटपीटबाट गुलरिया नगरपालिका–११ डाडालालपुरका ४० वर्षिय रमेश यादवको आइतबार मृत्यु भएको स्थानीयले बताएका छन् । यता बर्दिया प्रहरीले भने घटनाबारे जानकारी आएलगत्तै भारतीय समकक्षी अधिकारीहरुसंग समन्वय गरी घटना बारे जानकारी लिईरहेको जनाएको छ । मृतकका परिवारका अनुसार सीमावर्ती लौकाही बजारका […]

  दैलेख । दैलेखको नौमूले गाउँपालिका–४ कालिकामा सीता योगीले खाना पकाउने भाँडा प्रहार गर्दा उनको श्रीमान‍ ३८ वर्षीय भीमबहादुर योगीको मृत्यु भएको छ । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ । भड्डुमा ढिँडो पकिरहेका बेला श्रीमान भीमले पहिला हात छाडेपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै […]

  रासस/जाजरकोट|भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको […]

  खजुरा/ रासस। बाँकेको राप्ती नदी सिधनियाघाटमा तीन दिने मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आजदेखि तीन दिनसम्मका लागि मेला सुरु भएको हो । कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । भोलि (सोमबार) नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान […]

बर्दिया — लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिका ८ पशुपतिबजारमा १४ ग्राम ९ सय ७० मिलीग्राम लागुऔषध जस्तो देखिने खैरो रंगको धूलो पदार्थसहित दुई फेला जनालाई पक्राउ गरेको छ । क्राउ पर्नेमा गुलरिया नगरपालिका ११ का करिब ४२ वर्षका कलिम अहम्मद मनिहार र सोही ठाउका ३५ वर्षिय अयोध्याय प्रसाद […]