राँझा (बाँके), वैशाख ९ गते । खजुरा गाउँपालिका(२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ । तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताउनुभयो । “धेरै वर्षदेखि मानखोलाले जमिन कटान […]
डुडुवा (बाँके), ८ वैशाख । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि […]
बर्दिया, ६ बैशाख बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५मा माछा पालक कृषक र दाना उत्पादन भारतीय कम्पनीवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अर्श सप्लायर्स हवल्दारपुर बाँकेको आयोजनामा आईबी गु्रप अन्तगर्त फिश फिड एबिस एक्सपोटर््स ईन्डिया प्राईभेट लिमिटेड र माछापालक कृषकहरुको अन्तरकृया गरिएको दाना सप्लायर्स इलिसिया करैसीले बताए । स्थानीय किसानहरु बर्षौदेखि माछा पालन व्यवसाय […]
उर्लाबारी, २९ माघ । जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी–९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ। जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता […]
बर्दिया, २०८१ माघ ६ बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएको छ । “राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति बचैना हमार अभियान” भन्ने मुल नाराका साथ थारु कल्याणकारिणी सभा बढैयाताल गाउँकमिटीको आयोजना र बरघर संञ्जाल बढैयातालको समन्वयमा महोत्सव आयोजना […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ सो मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार […]
राँझा/रासस- राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिए। लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिका माछाका […]
नेपालगन्ज/रासस । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र […]
झापा/रासस । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । […]
नेपालगन्ज, ३० मंसिर २०८१ नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्रशिक्षक प्रशिक्षण तालिम आईतबार सम्पन्न भएको छ । ८ दिनसम्म सञ्चालन भएको तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर उपप्रमुख कमरुद्दीन राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर उप […]












