सङ्खुवासभा । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा आइतबार दिउँसो खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले साधा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी देखाउँदै आक्रमण गर्न खोजेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ […]
सुरुङ्गा (झापा) । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११:३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका […]
रासस- उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड खर्चिएपछि अलपत्र बनेको छ। विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो। पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन्। भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब चार […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं मिति: २०८२।०७।१७ गते । प्रेस विज्ञप्ति विषय: आरोपपत्र दायर गरिएको । डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत रहँदै आएका दान वहादुर श्रेष्ठले पदीय अख्तियारिको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने भन्नेसमेत व्यहोराको प्राप्त […]
नेपालगञ्जमा चोरको बिगबिगी भएको छ। घरघरमा चोरी गर्ने चोरहरूले अहिले पसलको सामान चोर्ने गरेका छन् । बाँकेका विभिन्न ठाउँमा प्रहरी सुरक्षाको कमजोरी पत्ता लगाइ चोरहरुले चोर्ने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् । विशेष गरी लग्दवा, सुर्जेगाउँ र कारकाँदो एरिया एरियामा पछिल्लो दिनमा चोरीका घटनाहरू बढ्दै गएका छन्। आइतबार राति मात्रै नेपालगञ्ज १८ सुर्खेत रोड […]
भद्रपुर (झापा), कात्तिक ६ गते । यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिटले राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएन्ड सी अस्पताल, बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । कुटपिटमा सङ्लग्न भएको आरोपमा […]
धनकुटा- रूपन्देही, मायादेवी गाउँपालिका-७ घागरा पुलस्थित सडकमा लु.१ ख ८७१८ नम्बरको बसले लुम्बिनी प्रदेश ०१-००२ प ९८०२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल मर्चवारी गाउँपालिका-१ बस्ने ६३ वर्षीय देबेन्द्र नाथ यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको […]
ओखलढुङ्गा । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटुवाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। उनको हत्या भएको अंशका गरिएको छ। प्रहरीका अनुसार मृतकको श्रीमानको केही वर्षअघि मृत्यु भएको थियो । शव भेटिएको स्थान र अवस्थाले घटना शङ्कास्पद देखिएको छ ।
पाँचथर/ईकान्तिपुर —निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको […]
काठमाडौं, १० असोज- काठमाडौं महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित बिनोद शर्माको फर्निचर उद्योगमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मोरङ, कटहरी गाउँपालिका-४ फूल टोल बस्ने अरबिन्द कुमार सिंहको घरमा बिहीबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ […]










