नवीन तिमल्सिना हेटौंडा । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् । मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् । आज बिहानपख साढे एक बजेको समयमा अम्मरबहादुर आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । […]
बागमती/रासस- हेटौँडा उपमहानगरपालिका–१२ मा यही मंसिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन्। चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्। सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास–निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन्। गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित […]
काठमाडौं- आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको छ्न । उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ। मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन्। शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए। दुबै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला […]
काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ ठेगाना भई नागार्जुन नगरपालिका-६ रामकोट बस्ने ५५ वर्षीय सुरेन्द्र संगतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत चितवन भरतपुरबाट २०८१ कात्तिक ९ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो […]
काठमाडौँ। नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले यस्तो फैसला गरेको हो । उक्त फैसलाको पूर्णपाठ आइतबार आएको हो । महतले पाँच जना नक्कली परीक्षार्थी खडा […]
तनहुँ,/रासस- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। निर्माणाधीन मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो। उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना […]
बागमती/रासस- प्रमुख राजनीतिक दलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगो लगाएका छन्। गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो। निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंसिर […]
हेटौँडा । हेटौँडा उपमहानगरपालिका ११ थानाभ र्य ाङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका मिस्त्री÷साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको […]
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘ग २ च ९२४७ ‘पिकअपभ्यान’ आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएका सबैको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्युहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली […]
नारायणगढ। नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको […]











