रासस./रायणगढ/ जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन्। १११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ,’ उनले भने। कार्यालय प्रमुख […]

  काठमाडौँ । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  

  काठमाडौं, रासस ।फुङलिङ नगरपालिका-६ उकालीपानीस्थित लाल बहादुर गुरूङको घरमा शनिबार बिहान आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार आगलागीबारे बिहान साढे ७ बजे प्रहरीले सूचना पाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सबै मिलेर एक घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक लुङ्गेलीले […]

  रासस/नारायणगढ । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास गर्ने सुकुम्बासीलाई […]

काठमाडौं, ६ मंसिर/ रोल्पा, त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । जुम्ला, गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्युठान, प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल सोही […]

  १ मंसिर, काठमाडौं । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु भएको छ ।   गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।  

काठमाडौँ । धादिङ र बागलुङमा भएको छुटटाछुटटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका ९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा.प्र.०२.००४ प ४०७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीय राम बहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा […]

धादिङ, २० कात्तिक/ थाक्रे गाउँपालिका-२ कार्की टोल बस्ने ३१ वर्षीय रञ्जन बानियाको गोठको छानोमा लुकाई राखेको एकनाले कटुवा पेस्तोल १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्ले र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । हाल फरार रञ्जनको खोजी गर्नुका साथै यस […]

  रासस, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

  काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका-१ निगालेमा जिप दुर्घटना हुँदा पूर्वसांसद नवीना लामासहित सहित ११ जना घाइते भएका छन् ।   तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नं को जिप आइतबार दिउँसो २:४० बजेतिर दुर्घटना हुँदा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडीमा सवार १८ जनामध्ये ११ जना घाइते […]