दलबहादुर सुनार , २१ फागुन बढैयाताल गाउँपालिका वडा नम्बर ८मा टोल विकास संस्थाको नेतृत्व तथा क्षमता विकास तालिम सम्बन्धी तालिम संचालन गरिएको छ । बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा १८वटा टोल विकास संस्थाका पदाधिकारीहरुको लागि नेतृत्व तथा क्षमता विकास सम्बन्धीको दुई दिने तालिम संचालन गरिएको हो । वडा कार्यालय र टोल विकास संस्था […]
बर्दिया, बर्दियाको ८ पालिकामा ज्ञापन पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टी बर्दियाले आइतबार जिल्लाका ८ वटै पालिकामा ज्ञापनपत्र बुझाएको पार्टीका जिल्ला अध्यक्ष सोमाई थारुले बताए । बिभिन्न १० बुदें माग राख्दै सबै जिल्लाका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाएको उनले जनाए । गुलारिया नगरपालिकामा पार्टीका नगर कमिटी संयोजक काशीराम चौधरीको नेतृत्वमा मेयर मुक्तिनाथ यादवलाई […]
बाँके । नेपालगंज उपमहानगरपालिका १८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको […]
बर्दिया/ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तुलसीपुर दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । यस्तै दलको तर्फबाट […]
पाल्पा — तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको हो । नेपाली सेनाले दाउरा खोज्ने क्रममा प्लास्टिकको ग्रिनेड भेटिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार […]
दलबहादुर सुनार बढैयाताल , विद्या ज्योति नमुना माध्यामिक विद्यालय बढैयाताल ८कण्ठपुर बर्दियाले सार्वजनिक सुनुवाई गरेको छ । विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि नमुना विद्यालयको गुरुयोजना अनुरुप भौतिक निमार्ण तर्फको सार्वजनिक सुनुवाई गरेको हो आ.ब. २०७९÷०८० मा बिद्याललयले भौतिक पुर्वाधार निमाणार्थ प्राप्त अनुदानको रकम ५० लाख र आन्तरिक तर्फ २७ लाख १८ हजार १ […]
१६ फागुन/ बढैयाताल गाउँ पालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल लाई नचिनेका ब्यक्तिले आज कालो मोसो दल्दै अभद्र ब्यबहार गरेका छन् । घर वाट कार्यालय तर्फ आउदै गरेका शिक्षा शाखा प्रमुख ढकाल लाई बुधवार बिहान अन्दाजि पौने दश बजेको समयमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ भोलागौडी बजार नजिक नचिनेका ब्यक्तिहरुले कालो मोसो दल्दै लछार […]
काठमाडौं/ सुनसरी, रामधुनी नगरपालिका-४ मानपुरस्थित सडकमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दाङ, घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित घोराही सिमेन्ट लिमिटेड कम्पनीभित्र रा.१ क १२७८ नम्बरको […]
नेपालगन्ज/गोरखापत्र ।। बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा विभिन्न खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण हस्तान्तरण गरिएको हो । ती […]











