तानसेन । मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा १) तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त […]
दलबहादुर सुनार १ फागुन मधुवन नगरपालिकमा अपांगता परिचयपत्र बितरण गरिएको छ । मधुवन नगरपालिकाका उप–प्रमुख अनिता चौधरीको अध्यक्षतामा बसेको परिचयपत्र बितरण समन्वय समितिको बैठकले आज १७ जना लाई अपांगता परिचयपत्र बितरण गरेको हो । मंगलबार बसेको बैठकले क वर्गमा १ जना , ख बर्गमा १३ जना ग बर्गमा १ जना र घ बर्गमा […]
परासी — पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ३ मर्चहवामा ६५ वर्षका यक्षलाल चमार र ११ वर्षिय गौचरण चमार मंगलबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु एकै घरका हजुरबुवा र नाति हुन् । गण्डक ब्यारेज नारायणी नदीको ५ नम्बर ठोकर नजिकै बसोबास गर्ने उनीहरुको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
राँझा (बाँके) । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै […]
खजुरा । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई […]
नेपालगन्ज । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रहरी टोलीले फरार रहेका दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द […]
सिरहा, २८ माघ सिरहा नगरपालिका-७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित औरही गाउँपालिका-४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजित कुमार यादवसमेत सँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न […]
बर्दिया —मदिरा सेवन गराई बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा बाँके खजुरा गाउँपालिका–२ का ३६ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ । अछाम घर भई आफ्नै दिदीको घर बस्न आएकी किशोरीलाई ती युवाले बलात्कार गरेको उजुरी प्रहरीसमक्ष उनले दिएकी छन् । आरोपित ती युवाले बच्चा नहुने औषधि खरिद […]
खजुरा, माघ २६ गते । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडवाडको समयमा मात्र हुँदै आएको बजार अनुगमनलाई तिब्रता दिइएको बाँके प्रशासनले जनाएको छ । अहिले दैनिक रुपमा जिल्लाका नेपालगन्जलगायत अन्य स्थानका बजारमा समेत अनुगमन गर्दै कैफियत पाइएमा कारबाहीसमेत गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य […]
मोरङ / रंगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट २ किलो ५ सय ४८ ग्राम बराबरको चाँदीको पाउजु ६९ जोडी, लोटा २५ थान र कलस ६ थानसहित भारत अररिया आमगाछी बस्ने २२ वर्षीय मोहमत अलताफलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अवैध रूपमा चाँदीका सामान ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको […]












