बर्दिया । भारतको उत्तराखण्ड राज्य, पौडी गढवालको बाकुडास्थित बिनु नदीमा बेपत्ता भएका बर्दिया मधुवनका स्थानीयहरुको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । नरेन्द्र खड्काको परिवारलाई पाँच दिनसम्म खोजी गरे पनि फेला पार्न नसकेपछि मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीय श्रीमती सरस्वती खड्का र २२ महिनाका छोरा रोमन खड्का, मधुवन–५ […]
बर्दिया- १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शिवलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ । पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी […]
नेपालगन्ज, साउन २८ बुधबार २०८२ नेपालगन्जमा बुधबार किसानको लागि मलको समास्या समाधन गर्न बिरोध तथा धर्ना कार्यक्रम गरेको छ । समाजबादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बिपी चोकबाट बिरोध ¥याली निकालेर त्रिभुवन चोक हुदै जिल्ला प्रशासन अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभा पश्चात एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसी प्रमुख […]
बाँके । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १४ उधौपुरवाबाट १५ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित रमेश लोनियालाई पक्राउ गरेको छ । उनी बस्ने घर कोठामा समेत रीतपूर्वक खानतलासी गर्दा निम्न दशीका सामानहरु फेला परेको प्रहरीले जनएको छ । १. १५ ग्राम ५०० मिली ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ । […]
बबई(बर्दिया), साउन २७ गते । मङ्गलवार बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले विविध कार्यक्रमको आयोजना गरी हात्ती दिवस मनाएको छ । सन् २०१२ मा थाइल्यान्डमा द ईलिफेन्ट रि इन्ट्रोडक्सन संस्थाले आयोजना गरेको कार्यक्रममा अगस्त १२ तारिखका दिन अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउने निर्णय भए बमोजिम सन् २०१३ अगस्त १२ तारिखका दिनदेखि नेपालमा पनि हात्ती दिवस मनाउन सुरु गरिएको […]
रुपन्देही कांग्रेसका नेताहरूका अनुसार उपनिर्वाचनमा खाणले दाबी गर्दा टिकटमा उनकै पल्लाभारी हुन्छ। यद्यपि, उनले दाबी नगरेको अवस्थामा अन्य नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न सुरू गरेका छन्। काठमाडौं – रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले कांग्रेसभित्र गर्मी चुलिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको यो क्षेत्रमा […]
बर्दिया/ईकान्तिपुर — भारत उत्तराखण्डको पौडीगढवालस्थित सिन्धु खोला नजिक बाकुडामा बुधबार आएको बाढीपहिरोले बेपत्ता भएकाको खोजीमा गएका पीडित परिवार घर फर्किन थालेका छन् । पाँच दिनदेखि खोजी गर्दा पनि विकट पहाडी क्षेत्रमा नभेटिएपछि अधिकांश फर्किसकेका छन् । पौडीगढवालस्थित बाकुडामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बेपत्ताका १८ परिवार आस मार्दै आइतबार बेलुकी फर्किसकेको बताए । ‘दैनिक १५ […]
नेपालगन्ज, आईतबार २५ साउन २०८२ नेपालगन्जमा मुस्लिम समुदायको उत्थान र सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको फातिमा फाउण्डेशन नेपालको नयाँ सबिधा सम्पन्न भवनको उद्घाटन गरिएको छ । नेपालगन्ज ८ रंगशाला जाने बाटोमा निर्माण गरिएको उक्त भवन आईतबार एक भव्य समारोहका बिच नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले उद्घाटन गरे । भवन उद्घाटन गर्दै मयेर बिष्टले फातिमा फाउण्डेशनका […]
बबई (बर्दिया), साउन २५ गते । गुलरिया नगरपालिका वडा नं. १० मा रहेको महजिदियागाउँ चारैतिरबाट बबई नदीले घेरिएको छ । गाउँको सबै कारोबार दक्षिणतर्फ पर्ने भारतीय बजारसँग हुने गरेको छ । यहाँका बालबालिका विद्यालय अध्ययन गर्नसमेत भारतको गाउँमा जाने गर्छन् भने उनीहरूले नेपालीभन्दा पनि हिन्दी भाषाको बढी ज्ञान हुने गरेको छ । मल्लाह जातिको बसोबास रहेको महजिदियागाउँमा बसोबास […]












