बाँके । बाँके प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर नियन्मणमा लिएको छ । डुडुवा गाउँपालिका ५ मिलन चोक नजिकैबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा टिप्पर नियन्त्रणमा लिइएको हो । भे १ क १८१६ र भे १ क १८६१ नम्बरको टिप्पर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाई छ ।

  बर्दिया —ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईक चालक मख्खुराम थारु गम्भीर घाइते भएका छन्। बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा भे १ स ८६३२ नम्बरको अटोले ठ्क्कर दिएको थियो […]

बर्दिया —प्रहरीले १ लाख ८४ हजार नगदसहित बाँसगढी नगरपालिका–५ स्थित रहेको मुनलाइट होटलबाट जुवा खेलेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सोही पालिका–५ का शिवबहादुर सुनार, लक्ष्मी प्रसाद पौडेल, दयाराम लम्साल, शिव बहादुर सुनार, जीवन पौडेल, दिपक सुनार र बढैयाताल गाउँपालिका–६ रानिपुरका विष्णुराज पौडेल छन् ।  

बाँके, पार्किङ गरी राखेको उनकै बा.२ ख १४०० नम्बरको हाईस गाडीमा आइतबार राति आगलागी हुँदा गाडीको अगाडिको भाग आंशिक रूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन

file photo नेपालगन्ज-  गाउँ पसेर घरपालुवा जनावर खाने बाघलाई बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका –८ बालापुको सामुदायिक वनबाट पोथी बाघलाई नियन्त्रणमा लिएको छ । बाँके राष्ट्रिय निकुञ्जका अनुसार उक्त बाघले स्थानीयका गोठमा पसेर घरपलुवा जनाबारमाथि आक्रमण गरेर क्षति गर्दैआएको थियो । हात्तीसहितको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई […]

बाँके- नेपालगंज उपमहानगरपालिका-१८ स्थित नफिस ग्यारेजमा बस मर्मत गर्नको लागि बसको छतमा चढि बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर बर्दिया गुलरिया नगरपालिका-७ मनकामना टोल घर भएका १९ वर्षीय राज राठोरको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]

गुल्मी/रासस— कालीगण्डकी गाउँपालिका–२ मा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको थियो । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा […]

काठमाडौं- दाङ,तुल्सीपुर उपमहानगरपलिका-८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । झापा,दमक नगरपालिका-१० सेतुमारीस्थित खेतमा रहेको गोठमा जुवा (कौडा) खेलिरहेको अवस्थामा […]

कपिलवस्तु- शिवराज नगरपालिका-४ बसन्तपुर बस्ने त्रिलिकी अहिरको घरमा सोही नगरपालिका-४ डकैया बस्ने झगरूप भारती गोसाईले संचालन गरेको पुजा फेन्सी पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसलमा रहेका कपडा, जुत्ता,चप्पल लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस […]

अर्घाखाँची- पाणिनी गाउँपालिका-८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब २ सय ग्राम, छर्रा करिब ७ सय ५० ग्राम, चक्कु १ थान, पिलास १ थानर बन्दुकमा राख्ने क्याप ६ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाणिनी गाउँपालिका-८ दाङजा बस्ने ४१ वर्षीय सुरेस कुमाल र २५ […]