नेपालगन्ज/ईकान्तिपुर— बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ३५ वर्षीया महिला २०५९ सालमा १२ वर्षको उमेरमा सामूहिक बलात्कारमा परिन् । तत्कालीन सरकारी सेना घरमा आएर उनलाई जबर्जस्ती लिएर गए । पछि घरमा कोही नभएको समयमा नियमित आउजाउ गर्दै जबरजस्ती गर्न थाले । एक वर्षसम्म डरले घरमा सुत्न नसकेर रातिमा घरनजिकैको जंगलमा सुत्ने गरिन् । १६ वर्षको उमेरमा विवाह […]
नेपालगन्ज । मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपाल नेपालगन्ले पछिल्लो पल्ट सार्वजनिक गरेको तथ्यांकलाई मान्ने हो भने मानववेचविखन तथा ओसारपसारका घटना डर लाग्दो देखिएको छ । माइती नेपालका अनुसार २०२४ यता ९ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेको थियो । ति मध्ये २ हजार ३२३ जना मात्रै […]
बाँके- बैजानाथ गाउँपालिका-५ स्थित सडकमा भे.१२ प ८७८६ नम्बरको मोटरसाइकल साइकलसँग सोमबार साँझ ठक्कर खाई पुन: भे.९ प ९६६ नम्बरको स्कुटरमा समेत ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-३ बस्ने ३० वर्षीय नोशन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा […]
नेपालगन्ज —गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी बाँकेको नरैनापुर–४ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरि फरार भएका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार पक्राउ पर्नेमा नरैनापुर–४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खा र ३० वर्षीय मोहम्मद रिजवान खा छन् । आरोपित दुवैका विरुद्ध पुस ६ […]
बर्दिया — गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान बर्दिया जिल्ला अदालतमा सुरु भएको छ । पटकपटक गरी किशोरीलाई ११ युवाले बलात्कार गरेका थिए । आईतबार बर्दिया जिल्ला अदलातका न्यायाधीश मनोज श्रेष्ठको बेन्चमा बयान सुरु भएको बर्दिया प्रहरीले जनाएको छ । प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ […]
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नर्सिङ्ग होममा पहिलो पटक ‘ब्रेन एन्यूरिज्म’ (मस्तिष्कको नसा फुटेर रक्तस्राव हुने समस्या) को विना अप्रेशन क्वाइलिङ्ग विधिबाट सफल उपचार गरिएको छ । यस्तो उपचार पश्चिम नेपालमै पहिलोपटक भएको दाबी चिकित्सकको छ । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित बाँकेको […]
बर्दिया । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन । बर्दियाको मधुवन नगरपालिका वडा नं. […]
बर्दिया —बर्दिया प्रहरीले बर्दिया जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र लागुऔषध मुद्दामा फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएक छ । अदालतले गत बैशाख ३१ गते २२ दिनको कैद सजाय सुनाएको गेरुवा गाउँपालिका–५ का एक किशोरलाई गुलरियाबाट रलागुऔषध मुद्दामा कैद सजाय र जरिवाना भई पाएका बाँके बैजनाथ गाउँपालिका–३ बनखेतका ३७ वर्षीय नरेश खत्रीलाई प्रहरीले नियन्त्रणमा […]
रूपन्देही/ १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज/ईकान्तिपुर—नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथमा लिएर हिँडेकी उनी दिनभर छोरीको स्वास्थ्य जाँचका लागि अस्पताल वरिपरि दौडिरहेकी थिइन् । सोमबार अस्पतालका कोठाहरू चहार्दा पनि उनले छोरीलाई छाडिनन् । उनका आँखामा पीडासँगै डर पनि देखिन्थ्यो । बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी छोरीलाई न्यायका लागि मात्र लडी रहेको छैन, परिवारकै सुरक्षालाई लिएर […]












