रुपन्देही । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार साँझ कञ्चन गाउँपालिका(४ बस्ने ४५ वर्षीय निर्मल थापालाई पक्राउ गरेको छ । उनलाई उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दियामा द्धन्द्ध पीडितका समाचार लेखनमा पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघ बर्दिया शाखाको समन्वयमा द्धन्द्ध पीडित समिति बर्दियाले आयोजना गरेको कार्यशालामा पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण गरिएको हो । यूरोपियन द स्टोरी किचेनको सहयोगमा भएको कार्यशालामा संक्रमणकालिन न्याय र महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताब […]
नेपालगन्ज । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका-३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरिका अनुसार तिन जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका – ६ […]
दाङ — पिङ खेल्न गएका दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । दसैंका बेला सशस्त्र प्रहरी कार्यालय नजिक बनाइएको पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर बलात्कार गरेको […]
लुम्बिनी /रासस — दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको बिहीबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी […]
बुटवल/ईकान्तिपुर— लुम्बिनी प्रदेश सरकारमा बुधबार नियुक्त भएका तीन मन्त्रीले बिहीबारर शपथ लिएका छन् । कांग्रेसका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, देवकरण कलवारले वन तथा वातावरण र जसपाका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष शपथ लिएका हुन् । उनीहरूलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार […]
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण अन्नबाली जोगाउन समस्या परेको गुनासो गरेका छन् । जानकी–५, गुरुवागाउँका रामकुमार यादवले भन्नुभयो, “न घर जोगाउन सकियो, न त अन्नबाली नै । यसबारे स्थानीय सरकार पूरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।” गुरुवागाउँमा हरेक दिनजसो दुई सयको हाराहारीमा […]
नेपालगन्ज/ रासस। बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब रु […]
नेपालगन्ज, ४ कार्तिक २०८१ नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगन्जमा महोत्सव गर्ने भएको छ । महासंघले यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जको वाटरपार्कमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको आइतबार नेपालगन्जको वौद्ध गुम्बामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । पत्रकार संम्मेलनमा […]
दाङ/रासस— कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई […]










