रासस/दाङ —यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याइएको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो जतिबेला समय निकै टरिसकेको थियो । […]
नेपालगन्ज २६ असार २०८१ बाँकेको जानकी गाउँपालिकाले गाउँसभाको १६ अधिबेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिबेशनबाट नीति तथा कार्यक्रम पारित गरी ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट ल्याएको छ । अगामी आर्थिक बर्ष २०८१÷८२ का लागि गाउँपालिकाका उपाध्यक्ष राम प्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट […]
नेपालगन्ज, २७ असार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक बर्षमा सम्पन्न बिभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मल्यांकन गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुखहरु सहित केन्द्रले सम्पन्न गरेको कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमन टोलीले डुडुवा ६ हिरमिनियाको बल्दीपुर्वा कृषि सहकारी संस्थालाई बितरण […]
सिद्धार्थनगर, असार २५ गते। रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ सङ्कर नगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो । बसमा सवार १६ जना मध्ये दुर्घटनामा ८ जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवार […]
काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गरेको आरोपमा प्रहरीले ११ जनालाई मुद्दा चलाउने तयारी गरेको छ । सोमबार सुधार गृहमा झडप सुरु भएपछि ६५ जना बालबालिका त्यहाँबाट निस्केर भागेका थिए । उनीहरूमध्ये दुईजना अझै सम्पर्कविहीन छन् । झडपमा संलग्न ११ जनालाई कानुन अनुसार कारबाही अघि बढाउन लागिएको बाँकेका प्रमुख […]
बाँके । बाँकेको डुडुवा खोलामा आएको बाढीमा नेपालगन्ज २० का ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुबेर बेपत्ता भएका छन् । उनको खोजि जारी रहेको प्रहरीले जनाएको छ । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा दाहाल पौडी खेल्न गएका थिए । सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका […]
तुलसीपुर, असार २४ गते । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिनुभयो । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न […]
तानसेन, असार २३ गते । पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–६, गोठादी माहिलाचउरकी ६८ वर्षीय रीमासरा राना रहेको प्रहरीले जनाएको छ । शनिवार गोठादीकै सातपोखरी गएर घर फर्किने क्रममा चिर्तुङ् खोलाले बगाएर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । चिर्तुङ् खोलाले […]
नेपालगन्ज, असार २२ गते । दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो । सो नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँहरू डुब्न थालेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका –१ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर […]
बाँके/ नेपालगंज उपमहानगरपालिका-२० गायत्री टोल बस्ने ३५ वर्षीय बिकाश थापाको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा टेबुल पंखा मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











