तम्घास/ गोरखापत्र अनलाइन । जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको एक हप्ताको प्रगति विवरण सार्वजनिकमा ३२० जनाको राहदानीका लागि आवेदन सङ्कलन गरिएको र राहदानीबाट १६ लाख ६७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको […]

१८ जेष्ठ , बढैयाताल , बर्दियाको बढैयातालमा न्याय सम्पादन सम्बन्धी अन्तरक्रिया गरिएको छ । बढैयाताल गाउँपालिकाको आयोजनामा तथा पालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिको क्षेत्रअधिकार र न्यायिक समितिले कस्तो प्रकृतिको विवाद निरुपरण गर्ने र अधिकारका बिषयमा जानकारी गराएको थियो । न्यायिक समिति […]

गुल्मी, जेठ १७ गते । गुल्मीको अग्लुङ्गमा उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । यस जिल्लाको मदाने गाउँपालिका १, अग्लुङ्गमा विवाहवारी २० वर्ष पारी मुख्य उद्देश्यसहित बालविवाह न्यूनीकरण गर्न २० बर्ष पूरा गरी विवाह गर्ने नवजोडीलाई सम्मान गरिएको हो । वडाध्यक्ष सुशील चन्दले शैक्षिक उत्प्रेरणा कार्यक्रम अन्तर्गत सामाजिक सचेतनाका लागि २० बर्ष पूरा […]

बर्दिया, गुलरिया नागरिक उन्मुक्ति पार्टी बर्दिया र बाँकेले गणतन्त्र दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरि मनाएको छ । पार्टीका संरक्षक रेशम लाल चौधरीको गणतन्त्र दिवसको अबसरमा रिहाई भएको खुशियाली बर्दियाको गुलारियामा पार्टीका नेता कार्यकर्ता भेला भएर कार्यक्रम गरिएको पार्टीका बर्दिया जिल्ला अध्यक्ष सोमाई थारुले बताए । कार्यक्रममा बोल्दै पार्टीका संरक्षक रेशम लाल चौधरीले नारिकका लागि जिउदो […]

नेपालगन्ज, जेठ १४ गते । यहाँस्थित नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी नै छ । नाका छलेर भन्सार राजस्व नतिरी नेपालगन्ज पुर्‍याइएका लाखौं मूल्यका अवैध सामानहरु प्रहरीले दैनिकजसो बरामद गरिरहेको छ । पछिल्लो एकसातामा मात्र प्रहरीले […]

बर्दिया । चर्को गर्मीसंगै बाँके र बर्दियाका अधिकांश गाउँमा धारा सुकेका छन् । धारा सुकेपछि सर्वसाधारणलाई कष्ट झेल्नु परेको छ । खाने पानीको अभावपद्धि सर्वसाधारणहरुलाई सास्ती झेल्नु परेको छ । उनीहरुलाई पीउनका लागि पानीको खोजी गर्नु पर्ने बाध्यता आई लागेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ५ को बढैया, जगति।या लगायतका क्षेत्रका धारा सुकेका […]

  खजुरा, जेठ १३ गते । राष्ट्रिय मानवअधिकार आयोग स्थापना भएको २४ वर्ष पुगेको छ । आयोगले जेठ १३ गते २४औं वार्षिकोत्सव वर्ष विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालयले पनि आइतबार नेपालगन्जमा २४औं वार्षिकोत्सव विभिन्न सरोकारवाला निकायको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । आयोग स्थापनाको २४ वर्ष बितिसक्दा पनि […]

  रामपुर (पाल्पा), जेठ ११ गते । पाल्पामा गोरु हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । रामपुर नगरपालिका –९ का ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई […]

११ जेष्ठ , बढैयाता गुणस्तरीय शिक्षा सम्बन्धी बर्दियाको बढैयातालमा अन्तरक्रिया गरिएको छ । कमैया महिला जागरण समाज बर्दियाको आयोजनामा तथा एक्शन एड नेपालको सहयोगमा बुधवार बढैयातालको मैनापोखरमा अन्तरक्रिया गरिएको हो । शिक्षा ऐनमा भएको प्रावधान अनुसार शिक्षमा लगानी र गणस्तरी शिक्षाको लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष र […]

नेपालगन्ज “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक बृहत रक्तदान गरिएको छ । गएको जेष्ठ ९ गते रक्तदान कार्यक्रममा महिला पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा रक्तदान गरिएको छ । वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका नगर […]