बर्दिया — पालेको गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको छ। गोरु छुटेर एक किलोमिटर टाढा बसन्ता इलाका वन कार्यालयको प्राङ्गणमा पुगेको समयमा उनी डोरी लिएर बाध्न गएका थिए । ‘घर देखि टाढा गोरुले हान्दा कसैले देखको स्थानीयले बताए । नजिकै बाख्रा चराउने […]

देउखुरी (दाङ) रासस — देउखुरीमा गाडीले किचेर एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । आफ्नै घरअगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै गुड्न थालेपछि गाडीले किच्दा बानियाँ […]

  बबई (बर्दिया), साउन ४ गते । सार्वजनिक खरिद नियमावलीमा ठेक्का सम्झौताको रकम सुनिश्चित नभएसम्म ठेक्का खोल्न नपाइने व्यवस्था उल्लेख गरिए पनि बर्दियाको बढैयाताल गाउँपालिकाले जथाभाबी ठेक्का खोल्दा ३४ करोड रुपियाँ दायित्व सिर्जना भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बढैयाताल गाउँपालिकाले १० वटा सडकको जथाभाबी ठेक्का आह्वान गरेर सम्झौता गरेपछि अहिले गाउँपालिकाको दायित्व यस आवका […]

बुटवल । कर्तव्य ज्यान मुद्दामा जेल बसेका व्यक्तिसँग कारागारभित्र टिकटक बनाएको भिडियो बाहिरपछि पीडित पक्षले आपत्ति जनाएको छ । दाङ तुलसीपुर कारागारभित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी […]

नेपालगन्ज, १ साउन २०८१ नेपालगन्जमा कफीका पाराखीहरुका लागि सुबिधा सम्पन्न एमडी क्याफे एण्ड रेष्टुरेन्ट संञ्चालनमा आएको छ । बिहिबार उक्त क्याफेको उद्घाटन एक भव्य कार्यक्रमका बिच पुर्व मन्त्रि मो. इस्तियाक राईले गरेकाछन् । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश संसद भण्डारीलाल यादब, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, समाजसेवी व्यवसायि समसुल हक राई, ललित रौनियार लगायत्को सहभागिता रहेको […]

  नेपालगन्ज /ईकान्तिपुर – उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा एक वर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएको छ ।   इजलासले २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । नेपालगन्जमा […]

कपिलवस्तु/ रासस — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।   सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो […]

काठमाडौँ /ईकान्तिपुर — बबई नदी कटान र बाढी न्यूनीकरणका लागि ०७४ सालमा स्थापना भएको बबई, भादा, औराही नदी व्यवस्थापन आयोजना, गुलरियाको कार्यालय साउन १ गतेदेखि डडेलधुरा स्थानान्तरण भएको छ । अब यो कार्यालय डडेलधुरामा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका नामबाट सञ्चालनमा आउनेछ । बर्दियामा २६ प्रतिशत काम बाँकी रहँदा यो कार्यालय डडेलधुरा सार्न लागिएको हो […]

बर्दिया/ईकान्तिपुर — बर्खा लागेपछि सडक पूर्वाधार विकास कार्यालयले सडक टालटुलको काम सुरु गरेको छ । गणेशपुर–लक्ष्मणा सडक खण्ड बाँसगढी नगरपालिका–७ स्थित सडक पूर्वाधारले सडक टालटुलको काम सुरु गरेको हो । बर्खाको समयमा टालटुल गरेको सडक कत्तिको टिकाउ हुने हो भनेर स्थानीयले अहिलेदेखि नै चिन्ता व्यक्त गरेका छन् । सडक टालटुलमा त्रुटि भएको स्थानीयको भनाइ छ […]

कोहलपुर। बाँकेको कोहलपुरमा प्रहरीले जनगर्जन नेटवर्क प्रा.लि।. अध्यक्ष एवं सञ्चालक मनबहादुर  देउवालाई नक्कली नोट र लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले उक्त कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयका कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले देउवालाई पक्राउ गर्दा एक हजार दरका ५१ वटा नक्कली नोट र […]