सुनिल रेग्मी / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने भएको छ। भोलिदेखि नेपालगञ्जमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री चौधरीले गर्नु हुने आयोजकका गोविन्द पौडेलले जानकारी दिनुभयो । २ बजे पछि हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रंगशालामा […]
नेपालगन्ज, ३ बैशाख २०८१ नेपालगन्ज १० गोसाई गाउँमा थारु हाउस् संञ्चालनमा आएको छ । बुधबार नेपालगन्जमा मेयर प्रशान्त बिष्टले थारु हाउसको रिबन काटेर उद्घाटन गरे । मेयर बिष्टले थारु हाउसको सफलताको शुभकामना दिदै भने, कफी र थारु परिकार रुचाउनेका लागि उपयुक्त स्थान छ । हाउसले पक्कै पनि कमी र थारु परिकारका पराखीहरुका लागि बिश्वास जित्ने […]
रूपन्देही, ३ वैशाख- लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ आमा गाउँ बस्ने सुदामा चाईको गोठमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दिया- बढैयाताल गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको […]
कपिलवस्तु —अर्घाखाँची कपिलवस्तुको सीमा क्षेत्रको वनमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९, गव्दहवा बस्ने २८ वर्षका समुन्द्र गाहामगरको खुट्टामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीले बताए । शनिबार दिउँसो १२ बजेतिर सोही ठाउँ बस्ने ३४ वर्षे रामबहादुर थारु र राम थारु […]
वीरगन्ज (पर्सा), चैत ३१ गते । हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते […]
वीरगंज, ३१ चैत । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, […]
बबई (बर्दिया), चैत ३१ गते । कृष्णसारको अवलोकनमा आउने पर्यटक घट्न थालेका छन् । स्थानीय यादव समुदाय र अन्य समुदायबाट संरक्षित उक्त क्षेत्र सरकारले २०६५ साल चैतदेखि संरक्षित क्षेत्र घोषणा गर्दै सरकारी स्वामित्वमा कृष्णसारको संरक्षण गर्न सुरु गरेको थियो । त्यसको १० वर्षपछि २०७५ सालमा कृष्णसार अवलोकन गरेबापत नेपालीले एक सय, सार्क मुलुकका पर्यटकले […]
बर्दिया —जिल्ला कारागार बर्दियामा क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा भरिएपछि रुखा, खोकी लगायत बिरामीले प्रभावित भएका छन् । सुत्ने कोठाको अभाव र पर्याप्त शौचालय नहुँदा समस्या भएको छ । गर्मीयाममा कोचाकोच गरी कैदी कारागारमा बस्न थालेपछि दैनिक जसो रुघाखोकी, टाउको दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । १ सय २५ जना क्षमता […]
बबई (बर्दिया), चैत ३० गते । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ । बर्दिया र कैलालीको सीमा क्षेत्रमा पर्ने चिसापानी पुलमा गत वर्ष फागुन २८ गते लुम्बिनी प्रदेशबाट सुदूरपश्चिम प्रदेशतर्फ लाइटर बोकेर जाँदै गरेको ट्रक चिसापानी पुलमा पुगेपछि ट्रकमा आगलागी हुँदा पुलमा क्षति […]












