खजुरा । स्थानीयको कुटपिटबाट बाँकेको जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय युवा मुनिर खाँको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुनिरको उपचारका क्रममा आज बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरि मुनिरलाई कुटपिट गरी घाइते बनाएका थिए […]

  नेपालगन्ज, माघ २३ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँके जिल्लाको ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिँचाइको लागि पानी पु¥याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ निर्माण भइरहेको आयोजनाबाट हालसम्म करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । नेपाल सरकारको […]

  नेपालगन्ज । बाँकेको खजुरा बजारमा सात वर्ष बित्दासमेत १.८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छैन । सडक निर्माणको काम ३० महिनामा सम्पन्न गर्ने गरी २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा ठेक्का लिएको थियो । निर्माण कम्पनीको बेवास्ता र लापरबाहीका कारण बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको करिब दुई […]

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिकf-(१ बरुवfमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं […]

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी […]

  काठमाडौं । काठमाडौंबाट बाजुरा जाँदै गरेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था […]

  बर्दिया — लागूऔषध लिएर बर्दिया कारागारमा कैदी भेट्ने निहुँमा गएका गुलरिया नगरपालिका–२ संगमबस्तीका २२ वर्षीय विजय तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा मधुवन नगरपालिका–९ का कमल शर्मालाई काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित उनी पक्राउ परेका हुन् । पक्राउ परेका तिरुवाबाट ५ सय २० मिलीग्राम लागूऔषध […]

बाँके/ डुडुवा गाउँपालिका-१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारोमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  बर्दिया — बर्दियाको गेरुवा गाउँपालिका–६ प्रसेनीपुरका मुक्तबहादुर बस्नेतको भान्सा र खरले छाएको गोठमा भएको आगलागीमा परी एउटा भैंसी, एउटा पाडो, २ वटा बाख्रा, ३ वटा खसी र १५ वटा कुखुरा मरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालका अनुसार आगलागीबाट करिब ५ लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । […]

बर्दिया — बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीय चेतानन्द शर्माको मृत्यु भएको छ । प्रहरीका अनुसार अनुसार आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो । बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता […]