नेपालगन्ज /ईकान्तिपुर ।— बाँकेमा बुधबार राति आएको भीषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युत्‌का पोल ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार भीषण हावाहुरीले धेरै ठाउँका विद्युत् पोल ढलेका छन् । बुधबार रातिबाटै नेपालगन्ज र आसपासका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो । प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका […]

बाँकेको राप्तीसोनारीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको  छ । वडा ४ का कार्यवाहक अध्यक्ष मङ्गल थारुको अध्यक्षतामा व बैजापुरमा मंगलबार सफलता पुर्वक कार्यक्रम सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल बिशिस्ट अतिथी बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक/प्रशिक्षक कुशल दलामी प्रशिक्षक कबिन्द्र परियार वडा सचीव होम सुर्य के […]

  गुलरिया— बर्दियाको गुलरिया नगरपालिका–४ बेलौली गाउँमा चर्को आवाजमा डिजे बजाएर नाचगान गर्र्ने एक युवाको समूहले प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । स्थानीयको गुनासोपछि बेलौली पुगेको प्रहरी टोलीले युवाहरुलाई सम्झाउन खोज्दा उनीहरु आक्रमण उत्रिएको बर्दिया प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सेनामुखी प्रहरी चौकीबाट खटिएका एक हवल्दार र प्रहरी जवानले उनीहरुलाई […]

कोहलपुर (बाँके), चैत २६ गते । बाँकेका कतिपय स्थानीय तहमा आगलागी भयो भने तत्काल आगो निभाउन सकिने अवस्था छैन । बाँकेका आठ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह दमकलविहीन छन् । बाँकेमा तीन वटा स्थानीय तहसंग मात्रै दमकल छ । जस अनुसार नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक/एक वटा दमकल छ । यस्तै नेपालगन्ज विमानस्थालमा दुई […]

  मर्चवार/रासस — रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको […]

  लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ । हालसम्म ८३२ किलोमिटर पक्की […]

  जमुनाह । जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्षमा दुई सय ६४ जना लागु औषध कारोवारीविरुद्ध मुद्दा अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार दुई सय ६४ जना लागु औषध कारोवारीमध्ये नेपाली पुरुष दुई सय ४५ जना, भारतीय पुरुष १२ जना तथा नेपाली महिला सात जना छन् । […]

चितुवाबाट खोसेको नाति काखमा च्यापेर जब उनी पति भरतमणिनजिक आइपुगिन्, चितुवाको डरले भरतमणि पहिल्यै बेहोस भइसकेका रहेछन् बर्दिया/ईकान्तिपुर —गुलरिया नगरपालिका–५ बालापुरका ४९ वर्षीय भरतमणि थारू र उनकी पत्नी ४९ वर्षीया गोब्री बुधबार दिउँसो दुई नातिलाई लिएर गुलरिया नगरपालिका–४ तुलसीपुरस्थित खेतमा पानी लगाउन पुगेका थिए । दुई नातिलाई खटियामा राखेर भरतमणि मासमा पानी लगाउँदै थिए । गोब्री खेतमा […]

  बाँके । ब्यक्तिको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।   प्रहरीका अनुसार सोही नगरपालिका–७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।   राजु समेत ५–६ जनाको समुहले कुटपिट […]

  बर्दिया । चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिका जोड्ने कर्णाली नदीमा २०७१ मा नेपालको सबैभन्दा लामो (एक हजार १५ मिटर) लामो पुल निर्माण भएपछि यो क्षेत्रको विकास र समाज रूपान्तरण भएको छ । तत्कालीन समयमा भौरा टापु भनेर […]