नेपालगन्ज/ रासस। बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब रु […]
नेपालगन्ज, ४ कार्तिक २०८१ नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगन्जमा महोत्सव गर्ने भएको छ । महासंघले यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जको वाटरपार्कमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको आइतबार नेपालगन्जको वौद्ध गुम्बामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । पत्रकार संम्मेलनमा […]
दाङ/रासस— कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई […]
भैरहवा, कात्तिक ४ गते । भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भारतका विभिन्न सहरमा पुर्याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन बिताइरहेका बालबालिकालाई उद्धार गरिएको हो । भारतमा रहेर नेपाल–भारत मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इन्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो । शुक्रबार रुपन्देहीको […]
तुलसीपुर/रासस । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए । महोत्सवमा दाङमा पाइने विभिन्न […]
नेपालगन्ज । १३ बर्सिया किशोरीलाई प्रलोभनमा पारि कोहलपुर नगरपालिका वडा नम्बर ११ सुर्खेत रोडस्थित एक होटलमा लागेर सामुहिक बलात्कार गरेको आरोपमा बाँके प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार उनिहरुले असोज २७ र २८ गते दुई दिनसम्म होटलमा राखेर किशोरिलाई बलात्कार गरेका थिए । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका […]
रूपन्देही- आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय […]
नेपालगन्ज —बडादसैंको राति टाउको काटिएको अवस्थामा फेला परेको चन्द्रबहादुर कामीको हत्याको आरोपमा ३० वर्षीय अनिल परियारलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। साविक घर्तीगाउँ रोल्पा निवासी परियारलाई अघैया–कुसुमखण्डमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले मंगलबार बिहान पक्राउ गरेको बाँकेका डीएसपी आयुष्मान जोशीले बताए । परियारलाई पक्राउ गरिए पनि हत्याको कारण भने अझै खुल्न […]
राँझा / रासस। बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । “अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने […]
बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम […]












