नेपालगन्ज। नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरे पनि सम्झौताको छ महिनाअगाडि असारमै निर्माण सक्ने गरी तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका प्रतिनिधि सौरभ शर्माले सम्झौताभन्दा छ महिनापहिले नै काम […]

बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ […]

खजुरा, वैशाख ३१ गते । उच्च अदालत तुलसीपुर नेपालगन्जले मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मुक्त कमैयाहरूले आफूले मुक्त कमैयाको हैसियतमा सरकारबाट प्राप्त गरेको जग्गाको पूर्ण साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै गत वैशाख २८ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज रिट दर्ता गरेका थिए । मङ्गलबार उच्च अदालत […]

  दाङ — घरायसी विवाद हुँदा बंगलाचुली गाउँपालिका–७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरले मंगलबार चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेकी छ्न । उनले मंगलबार ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।   चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको उनले बताए । संगीतालाई पक्राउ गरी अनुसन्धान […]

  बबई (बर्दिया) । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच सय रुपियाँ मात्र हो । चन्द्रबहादुर मात्र होइन, उहाँका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् । मुक्त कमैयाका लागि […]

नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँकेको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यो आयोजना करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो । आयोजनाले हालसम्म लक्ष्यको आधाभन्दा बढी भागमा सिँचाइ सुविधा पुर्‍याउन सफल भएको छ । आयोजनाका निमित्त प्रमुख मनोजकुमार शाहले निर्माण सुरु गरिएको २० वर्षको अवधिमा लक्ष्य […]

  राँझा —बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ ।   हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, […]

काठमाडौं, २६ वैशाख कपिलवस्तु, यशोधारा गाउँपालिका-१ रजवापुर बस्ने अतिउल्लाह मुसलमानको चिया पसलमा बिहीबार राति आगलागी हुँदा करिब १ लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिराहा, कल्याणपुर नगरपालिका-१ कोयलपुर बस्ने २५ वर्षीय शिव कुमार पासवानको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२२ को किङ्गरियनपुरवा शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले पछाडि परेको बस्ती हो । नेपालगन्जमा अहिले नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन चलिरहेको छ । महाधिवेशनको उद्घाटनमा पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई उपमहानगरपालिका–२२ मा रहेको किङ्गरियनपुरवा बस्तीबाट एउटा ज्ञापनपत्र बुझाइयो । ज्ञापनपत्रमा बस्तीमा समस्या सुनेपछि मुख्यमन्त्री आचार्य गम्भीर र भावुक बन्नुभयो । सामान्यतया ज्ञापनपत्र बुझे पनि माग पूरा […]

  नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँई घाईते भएका कोहलपुर नगरपालिका वडा न. ११ का ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भएका थिए । […]