बर्दिया । प्राकृतिक स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्य सम्पादन मुल्याकनमा बर्दियाको ८ स्थानीय तह मध्ये बढैयाताल गाउँपालिका सबैभन्दा कम अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ । बढैयाताल गाउँपालिकाले १७ सूचकमा १७.०१ अंक ल्याएर सबैभन्दा पछि परेको हो । १७ सूचकमा उक्त पालिकाले ५ सुचकमा न्युन अंक पाएको छ ।   मधुवन […]

नेपालगन्ज। वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा १६.९९ अङ्कभार ल्याएर सबैभन्दा कमजोर लुम्बिनी प्रदेश देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको त्यस्तो कार्यसम्पादनमा लुम्बिनी प्रदेशहरूको कार्यदक्षता कमजोर देखिएको हो । सबैभन्दा अगाडि रहेको कोशी प्रदेशले जम्मा ३०.८९ अङ्क ल्याएको छ । रोचक त के छ […]

नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको मानपुरमा भइरहेको निर्माण कार्य । तस्बिर : गोविन्द शर्मा     बाँके, फागुन ९ गते । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो […]

      नेपालगन्ज । खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकोमा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगन्ज –५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका –५ ले आफ्नो वडाभित्रका अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको जनाएको छ । वडाभित्र रहेको विपन्न र गरिबलाई […]

दलबहादुर सुनार ८ फागुन बढैयाताल बर्दिया जिल्लाको बढैयाताल गाउँ पालिका वडा नम्बर ८ कण्ठपुरमा एक जनाको गोठमा राति आग लागि हुदा चार लाखको क्षति भएको छ । । कण्ठपुर निवासी दामोदर पौडेलको गोठमा सोमबार राति अन्दाजि ४ः १५ बजे परालको टौवावाट सल्केको आगोले परालको टौवा गोठ र चौपाय सहित ४ लाख बराबरको क्षति भएको श्रोतले […]

दलबहादुर सुनार ७ फागुन , बढैयाताल गाउँ पालिकाको वडा नम्बर ८ लाई बाल विवाह मुक्त बनाउन टोल टोलले प्रतिबद्धता जनााएका छन् । साताको भेटमा बाल विवाहको कुरा भन्ने अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ८ का टोल टोलले बाल विवाह मुक्त टोल बनाउने प्रतिबद्धता जनाएका हुन् । नागरिक समाज सञ्जाल बढैयातालको आयोजनामा तथा बाके यूनेस्को […]

तौलिहवा (कपिलवस्तु) । कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा शव फेला परेको हो । आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण पाँच सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए […]

दलबहादु सुनार ५ फागुन , नागरिक समाज सञ्जाल बढैयातालले बालविवाह बिरुद्धको सचेतना अभियानलाई तिब्र पारेको छ । बाके युनेस्को क्लबको बाल विवाह ,चाडै हुने र जवरजस्ती गरिने विवाह रोकथामम परियोजनाको सहयोगमा सञ्जालले बालविवाह बिरुद्धको सचेतना अभियानलाई तिब्र पारेका हो । बाल विवाह न्यूनिकरण तथा नियन्त्रणका लागि स्थानिय वडा कार्यालय र स्थानिय टोल बिकास समितिको समन्वयमा […]

  बाँके। नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरामा अलपत्र एक हजार ८०० मिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् । खजुराका अगुवा शिव श्रेष्ठले खजुरा सडकको काम छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माण गर्न आग्रह गर्नुभयो । श्रेष्ठले […]

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् । सोही कारणले ती शौचालयहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले एसएनभी नेपालको आयोजनामा उपमहानगरपालिकाका […]