पाल्पा, २० मंसिर/ रम्भा गाउँपालिका-२ फोक्सीङस्थित आँपगैरा जंगलको सडक छेउबाट एकनाले भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बर्दिया, २०८० मंसिर ११ सोमबर बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ र ४ मा पर्ने बढैयाताललाई उत्पादनसंग प्रतक्ष्य जोड्नु पर्ने गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताएकाछन् । सोमबार बढैयातालको गुरु योजना सम्बन्धि सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले भने, ताल निर्माणधिन आवस्थामा रहेको छ, हामी पहल गर्दै आएका छौं । अबको केही बर्षमा ताललाई उत्पादनसंग प्रतक्ष्य […]
बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिदिएको हो । रातीपाटीका अनुसार स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ । कार्यालय प्रमुख युवराज […]
नेपालगन्ज — बाँकेको नेपालगन्ज–१७ की १७ वर्षीया किशोरी सालीनी पाठकको ट्याकरको ठक्करले मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका धम्बोझी चोक नजिकै आइतबार साँझ ना.३ ख. ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । बुवा दिलीपकुमार पाठकले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएका मोटरसाइकल चालक […]
लमही दाङ्ग, ६ मंसिर बुधबार/ भौतिक पुर्वाधार बिकास मन्त्रालय लुम्बिनी प्रदेशको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त गोष्ठीमा पहिलो दिन बुधाबार लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका भुमिगत जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय र उर्जा बिकास शाखले कार्यप्रगति प्रस्तुत गरेकाछन् । […]
काठमाडौं, ६ मंसिर/ रोल्पा, त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । जुम्ला, गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्युठान, प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल सोही […]
१ मंसिर, काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ नम्बरको यात्रुबाहक बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको छ । बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा […]
पूर्वी नवलपरासी — वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परि ६ यात्रुको मृत्यु भएको छ । यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २.४ किलोमिटर उत्तर एस मोडमा घुमाउँदा ब्रेक […]
दाङ, लमही नगरपालिका-८ सतबरियामा मुगुबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय भिनसेन थारूको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल […]
बाँक । नेपालगन्ज् उपमहानगरपालिका १० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले […]










