नेपालगन्ज। बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत नयाँ निर्माण भएको हुलाकी सडकमा सवारी दुर्घटना बढ्न थालेकाे छ । सो सडकमा दुर्घटना बढ्दै गएपछि सर्वसाधारणमा सचेतना फैलाउन ट्राफिक सचेतना अभियान सुरु गरिएको हो । राप्तीसोनारी गाउँपालिका, इलाका प्रहरी कार्यालय बैजापुर धामपुर र स्थानीय रेडियो भूवर भवानीको संयुक्त प्रयासमा ट्राफिक सचेतना अभियान सुरु गरिएको हो । दुर्घटना न्यूनीकरणका […]
बाँके,/ नेपालगंज उपमहानगरपलिका-४ स्थित बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने २५ वर्षीय शुसान्त शाही समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
खजुरा । बाँकेमा पछिल्ला केही दिनदेखि शितलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ । चिसोबाट स्थानीयलाई जोगाउन विभिन्न स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले दाउराको माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयअन्तर्गतको जिल्ला वन पैदावर आपूर्ति समिति बाँकेले विभिन्न स्थानीय तह (पालिका), वडा कार्यालयहरु तथा संघसंस्थाहरुले दाउराको […]
राष्ट्रिय वाणिज्य बैंक लि को ५९ औ वार्षिकोत्सवको अवसरमा नेपालगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ बाँके र बर्दियामा रहेका ७ वटा शाखाका करिब ७५ जना भन्दा बढी कार्मचरीहरु कार्यक्रममा सहभागी रहेको थियो । बित्तिय साक्षरताका नाराहरु सहितको प्ले कार्ड बोकेर कार्यक्रम गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक लि को […]
नेपालगन्ज । बाँके प्रहरीले चोरि आरोपमा तिन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माघ ३ गते नेपालगन्ज–९ स्थित घरमा चार्जमा जोडेर पार्किङ गरी राखेको इ–रिक्सा चोरी गर्ने नेपालगन्ज–१५ का गुड्डु जसगढलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै माघ ४ गते नेपालगन्ज–१० भृकुटिनगरबाट पार्किङ गर राखेको ने १ ह १०३६ नम्बरको इ–रिक्सा चोरी गरेर भाग्दै […]
बर्दिया — घाँस दाउरा लिन बर्दियाको मधुवन नगरपालिका–१ दुर्गानगर स्थित दुर्गा सामूदायिक वन गएका सोही ठाउँकी ५२ वर्षिया सीता थारु र ३१ वर्षिया शुशिला चौधरी घाइते भएका छ्न । शुक्रबार दिउँसो करिब ३ बजे हात्तीको आक्रमणमा घाइते भएकी थारु र चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुसँग दिउँसो […]
बाँके । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम विपद ब्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले सुरक्षा निकायलगायत विभिन्न स्रोतहरुबाट विपन्न वस्ती र समुदायको पहिचान गरी उनीहरुलाई सहयोग दिन थालिएको बताउनुभयो । नेपालगञ्ज केन्द्रित गरेर […]
बर्दिया — विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा बारबर्दिया–९ कि २८ वर्षीया शर्मिला चौधरी घाईते भएकि छ्न । कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकल हलमा घाइते चौधरीको उपचार भइरहेको छ ।
धादिङ / गजुरी गाउँपालिका-४ अर्चले बस्ने ५६ वर्षीय धन बहादुर प्रजालाई एकनाले भरुवा बन्दुक २ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रजाको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लोड अवस्थामा रहेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस […]
दाङ / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् । सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका […]












