आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमान २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं […]

  २१ असोज, हान्झाउ । एसियाडको १५ औं दिन शनिबार कुमुते ६८ केजीमाथी तौल समूहमा रजत जितेपछि एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् ।   नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई […]

हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले नेपाललाई कांस्य पदक दिलाएको हो । नेपाली टोलीलाई शनिवार पदक प्रदान गरिएको छ । भारत र चाइनिज ताइपेइबीचको फाइनल खेलपछि पदक वितरण समारोह आयोजना भएको थियो । फाइनलमा चाइनिज ताइपेइलाई रोमाञ्चक खेलमा २६-२५ ले हराउँदै भारतले स्वर्ण जित्यो । चाइनिज ताइपेइले रजत प्राप्त […]

  १८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए ।   यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि […]

हाङचउ — नेपाली महिला भलिबल टिमले बुधबार एसियाली खेलकुदमा क्लासिफिकेसन सेमिफाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको 5 । जितले भारतले नवौं अथवा दसौं स्थानका लागि खेल्ने अवसर पाउनेछ । नेपालले भने अब आफ्नो अन्तिम खेलमा ११ र १२ औं स्थानका लागि खेल्नेछ । महिला भलिबलमा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।   हाङचउ जिम्न्याजिनमा […]

  १६ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएपछि जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन मात्र बनायो । नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको […]

  १५ असोज, हान्झाउ । १९औं एसियाडमा पहिलो पटक सहभागिता जनाएको नेपालको महिला कबड्डी टिमले सोमबार बंगलादेशलाई ३७।२४ हराएपछि कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ ।   पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो । अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने […]

  हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । अनलाईन खबरका अनुसार  नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ […]

असोज हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको छ । पहिलो पटक एसियाड खेलेको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनाम विरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो । देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५-४, २५-१६, २५-१३ ले पराजित गरेको हो […]

  हान्झाउ (चीन)। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।   पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै […]