काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए । नेविसंघ, अखिल क्रान्तिकारी लगायतका ५ विद्यार्थी सङ्गठनहरूसँग शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति बनाउने सहमति गरेको थियो । यसैगरी अनेरास्ववियु, स्ववियु लगायतसँग गरिएको सहमतिमा शुल्क […]

  सुवासजी र मेरो २०३० साल साउनताका पहिलो भेट भएको हुनुपर्छ । उहाँ र मैले आ–आफ्नो ढंगले विभिन्न क्याम्पसबाट स्नातक गरेका थियौं । हामी दुवै जना त्यतिबेला प्रदर्शनीमार्गको नेपाल ल क्याम्पसमा पढ्न आएका थियौं । करिव एक/दुई सातामै हाम्रो घनिष्ठ मित्रता भइसकेको थियो । त्यतिबेला टेकबहादुर चोख्याल (पूर्वमन्त्री), भरतराज उप्रेती(दिवंगत), वेदप्रसाद शिवाकोटी, बिए कुमार शर्मा, […]

  भाद्र २६,  काठमाडौँ — सन् १९५९ मा आजकै दिन (सेप्टेम्बर १२) मा सोभियत संघले ‘लुना–२’ रकेट चन्द्रमामा प्रक्षेपण गरेको थियो । यो चन्द्रमामा अवतरण गर्ने पहिलो मानव निर्मित वस्तु हो । सोभियत संघले चद्रमाको अध्ययन र अन्वेषण गर्ने उद्देश्यसहित लुना अभियान सुरु गरेको थियो । जसअन्तर्गत १९५९ को जनवरी २ मा ‘लुना–१’ प्रक्षेपण गरिएको थियो । तर चन्द्रमाको […]

बर्दिया । गुलरिया नगरपालिका-७ बसपार्क नजिक भे.१ ह ४६४५ नम्बरको पेट्रोलबाट चल्ने अटो रिक्सामा तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलरे नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

बर्दिया / बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका-८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच […]

  काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गर्नुकासाथै अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर […]

भदौ २६ । चरैतिर हरियालि छ । यता थारु गाउँमा हरेरि पुजाको रौनक छ । गाउँ गाउँमा हरेरी पूजा धमाधम भैरहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस् भनेर किसानहरु हरेक वर्ष साउन वा भदौ महिनामा हरेरी पुजा गर्ने गर्दछन् । वर्षा यामको खेतीपाती सकाएर बालीको सुरक्षाका लागि थारु समुदायमा हरेरी पुजा गर्नै पर्ने […]

नेपालगन्ज — नेपालगन्जमा ५० ग्राम ब्राउन सुगरसहित दाङ घोराही–११ का २५ वर्षीय सञ्जय नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । भारतको रुपैडीहाबाट नेपालगन्ज आउँदै गरेका   नेपालीले जुत्तामा लागूऔषध लुकाएर ल्याएको अवस्थामा प्रहरीले शंका लागेर खोजी गर्ने क्रममा बरामद गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । डीएसपी डाँगीले […]

भाद्र २६, २०८० काठमाडौँ — सरल स्वभावका एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि आज एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राति निधन भएको हो।   एमाले नेताका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेेम्वाङका दुई छोरा […]

काठमाडौं, २५ भदौ । अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकहरुलाई युएई (दुबई), थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, […]