ईकान्तिपुर /रूपा गहतराज भाद्र २९, २०८०/ माया र सम्मानपूर्वक जीवन जिउने उद्देश्य राखेर प्रेमविवाह गरेका दलित महिला प्रेमीले छोडेर हिँड्दा अपमान र सामाजिक तिरस्कार भोग्न बाध्य नेपालगन्ज — उनले प्रेम गरेकी थिइन् । सायद त्यसको बदलामा उनले पनि प्रेम नै खोजेकी थिइन् । तर, पाइन् सजाय । बाँकेमा बस्दै आएकी बर्दियाकी २४ वर्षीया सीता परियार (नाम परिवर्तन) […]
तनहुँ — व्यास नगरपालिका(५ परासरस्थित मादी नदीमा पौडी खेल्ने क्रममा ऋषिङ गाउँपालिका १ का १८ वर्षीय शक्ति थापामगर नदीले बगाई बेपत्ता ा छन् । नदीले बगाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोली र स्थानीयको संयुक्त टोलीद्वारा थापामगरको खोजतलास भइरहेको छ ।
दाङ — घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार मादक पदार्थ सेवन गरेका छोराले बिहीबार राति सुतिरहेको अवस्थामा बाबुलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन । कुटपिटमा संलग्न छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान […]
२९ भदौ, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेपछि बाँकेको कोहलपुर र बर्दियाको चार पालिकालमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन माग गरिएको छ । बाँकेको कोहलपुर र बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरीया र मधुव नगरपालिकाबाट निवेदन माग गरिएको हो । त्यस्तै, आयोगले आज […]
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको छ । ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १५ भदौमा […]
भदौ, धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको छ। शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए […]
कञ्चनपुर/ ईकान्तिपुर— तनहुँकी श्रेया शर्मा पश्चिम बंगालको सिलिगुडीस्थित बारमा काम गर्थिन् । सन् २०२० को सुरुवाततिर उनको भेट भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायसँग भयो । उपाध्यायका साथीहरूको माध्यमबाट भएको यो भेटमा दुवै एकअर्काप्रति आकर्षित भए । त्यसपछि दुवैबीच निरन्तर भेटघाट भइरह्यो । ४२ वर्षीय उपाध्यायले सिलिगुडीमा फ्ल्याट लिए, दुवै सँगै बस्न थाले । पतिपत्नीझैं सम्बन्ध भयो । […]
एएफ्पि /कोलम्बो — कुशल मेन्डिसको ९१ तथा चारिथ असलन्काको ४९ नटआउट रनको मद्दतले श्रीलंकाले एसियाकप २०२३ मा बिहीबार पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । उपाधिको भिडन्तमा श्रीलंकाको सामना भारतसँग हुनेछ । ईकान्तिपुरका अनुआर जितका लागि डीएलएस अनुसार ४२ ओभरमा २ सय ५२ रनको लक्ष्य पाएको श्रीलंकाले अन्तिम बलमा विजयी रन […]
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहको क्षमता २ सय भए पनि यहाँ २ सय ६० जनालाई राखिएको छ । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नामक गैरसरकारी संस्थाले गृहको जिम्मा लिएको छ । गृहभित्र उचित सुरक्षा प्रबन्ध हुन नसक्दा बारम्बार झडपका घटना हुने र बालबालिका भाग्ने क्रम दोहोरिएको देखिन्छ । जबकि गृहभित्र सुरक्षा दिन […]
२८ भदौ, जनकपुरधाम । ३१ असारमा अन्त्य भएको मधेश प्रदेश सभाको अधिवेशन अझै सुरु भएको छैन । २०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेश सभाको पहिलो अधिवेशनमा ३६ वटा बैठक भएका थिए । त्यसबेला ७ वटा विधेयक दर्ता गरिएका थिए । जसमध्ये बजेटसँग सम्बन्धित दुईसहित जम्मा तीनवटा मात्रै पारित भए । मधेश प्रदेशका केही ऐनलाई संशोधन […]











