काठमाडौं । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि धर्म बहादुर चौधरीले बुटवल नरायाणगढ सडक खण्ड निर्माणको काम तत्काल सम्पन्न गर्न संघिय भौतिक पुर्वाधार मन्त्रि प्रकाश ज्वालाको ध्यानकर्षण गराएकाछन् । उनले शुक्रबार दिउँसो मन्त्रालयमै पुगेर बुटवल नरायणगढ सडकखण्ड निर्माण सम्पन्न नहुदां सर्वसाधरणले सस्ती खेप्नु परेको सुनाए । बुटवल नरायणगढ सडक खण्ड निर्माणको जिम्म पाएको निर्माण कम्पनीले […]

बर्दिया — खरखडाई गर्न गएका बेला गैडाले आक्रमण गर्दा बर्दिया मधुवन नगरपालिका—३ का ७० वर्षीय गहुनु चौधरी गम्भीर घाइते भएका छ्न । गैंडाले चौधरीको शरीरको विभिन्न अंगमा प्रहार गरि घाइते बनाएको हो । घाइते चौधरीलाई उपचारका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याए पनि थप उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा लगिएको डिभिजन वन कार्यालय,बर्दियाले जनाएको छ […]

  बाँके । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार  बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

  नेपालगन्ज — स्वास्थ्य कार्यालय बाँकेकोतथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जनामा एचआईभी संक्रमण देखिएको छ ।   आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्रकुमार साहले भेरी अस्पतालमा ५ […]

बिबिसी ।  पछिल्ला केही दिनयता काठमाण्डू उपत्यकासहित देशका अधिकांश स्थानको मौसम धुम्म देखिएको छ। दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको अनुभव मानिसहरूले सुनाइरहेका छन्। भारतको मध्य प्रदेश र राजस्थानमा विकास भएको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविद्हरू बताउँछन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका […]

बाँके — कोहलपुर नगरपालिका–३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राति १ बजेतिर आगलागीबाट पसल जलेर नष्ट भएको छ ।   इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घरधनी योगीको १० वटा कोठा भएको एक तले पक्की घरमा पाँच वटा सटरमा सञ्चालन गरिएका विभिन्न पसलहरूमा आगलागी भएको हो । तीमध्ये दिनेश शाहीले […]

  काठमाडौ । जाजरकोटको कुशे गाउँपालिका –१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ। चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

  १४ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । अनलाइन खबरका अनुसार जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ […]

नेपालगन्ज । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।  

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–६ नरपानी जंगलमा पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।   स्थानीय, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले उद्धार गरी निकुञ्जमा लैजाने क्रममा मंगलबार सन्धिखर्क–गोरुसिंगे सडक खण्डको शीतगंगा नगरपालिकाको डाहोटेनजिकै मरेको डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।