रौतहट – आफ्नै श्रीमतीको जघन्य हत्यागरी तिनबर्ष देखि फरार रहेका एकजना अभियुक्त लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका जघन्य हत्याका अभियुक्त ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए । २०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे ईशनाथ नगरपालिका ४ मठीया […]
धनगढी । अविरल वर्षापछि धनगढीमा घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार सिताराम रानाको कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जना र धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ । लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक […]
बबई (बर्दिया), असार १६ गते । सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग बर्दियामा मात्र ५० हजारभन्दा बढीले आवेदन दर्ता गराएका छन् । सरकारले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण गर्ने नीति लिएर आवेदन माग गरेपछि बर्दिया जिल्लामा १३ हजार भूमिहीन र ३७ हजारभन्दा बढीले अव्यवस्थित बसोबासमा जग्गा पाउनुपर्ने माग गर्दै आवेदन दिएका हुन् । […]
मुगु। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । स्थानीय बासिन्दाले हल्का कम्पन महसुस गरेको बताएका छन् ।
काठमाडौं, १६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भई रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ। […]
मुगु, असार १५ गते । मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर दिउँसो ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको छ । क्षतिको विवरण यकिन भईसकेको छैन ।
नेपालगन्ज । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले यस वर्ष वर्षको एसईईमा सामुदायिक विद्यालयको नतिजामा सुधार आएको जनाएको छ । जिल्लाबाट यस पटक ६२.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै कोहलपुरस्थित बाल विद्या बोर्डिङ स्कुलका छात्रा सिर्जना डिसीले चार जिपिए ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका एकाइ प्रमुख धनसुदन चौलागाईंका […]
गुलरिया— गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–७ का ३२ वर्षीय वीरेन्द्र यादव घाइते भएका छन् । शनिबार बेलुका ५ बजेतिर चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घाइते यादवको अवस्था सामान्य रहेको छ । टाउकोमा चोट लागेको उनको ‘बर्दिया अस्पतालमा उपचारपछि यादव […]
काठमाडौँ/रासस—प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन चेतावनी दिएको छ । त्यस क्षेत्रमा मनसुन सक्रिय भएकाले भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ । विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख […]











