बाजुरा । बझाङमा फेरि गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि […]

बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार ल मन्त्रिपरिषद्‌ले स्वास्थ्य मन्त्रालयले पेस गरेको अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा […]

  नेपालगन्ज— नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेका छ्न । त्यससंगै आजबाट कार्यालयको काम कोहलपुरबाट सुरु भएको छ ।   सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरु आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानुपर्ने बाध्यता अन्त […]

२०८० कार्तिक ०१ गते (बुधबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राती: देशको पहाडी भू-भागमा आंशिक देखि […]

  बाँके — बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लक मध्ये एउटा ब्लकमा बालबन्दी राख्न सुरु गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले सुधार गृह सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा रुपन्देहीको भैरहवाबाट १३ हेटौडाबाट १८ ,पर्साबाट १५ जना गरी बालसुधार गृहबाट १८ वर्षमाथिका अहिले ४६ जना […]

२०८० असोज ३० गते (मंगलबार) दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका केही र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। राती: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य […]

असोज, काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ? यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र […]

बर्दिया ।  बाँकेकाे खजुरा गाउंपालिका सिमलघारि नजिक स्कुल बस दुर्घटना भएको छ । एक विद्यार्थी को मृत्यु भएको खबर  आएको बाँके प्रहरी प्रबक्ता डिएसपि  नारायण डाँगिले बताए । उनका अनुसार  घटना स्थलमा प्रहरी टोलि पुगेर घाईतेहरुको उढर गरिरहेको छ । घटनाको पुर्ण बिबरण आउन बाँकि छ ।

  बर्दिया — बढैयाताल गाउँपालिका—९ का सुकदेव थारुले चलाएको भे ७ प ८६०४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलले गुलरिया नगरपालिका—११ का ६० वर्षीय ईस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका खाँलाई उपचारका लागि बाँके नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको […]

  असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज र भोलि दुई दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने जनाएको छ ।   पश्चिमी भूभागमा गएराति पनि वर्षा भएको थियो । आज बिहान रोकिए पनि दिउँसोतिर फेरि पानी पर्ने पूर्वानुमान छ । तराई मधेशका जिल्ला […]