काठमाडौँ । सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन, शव पहिचानका लागि ‘डिएनए’ परीक्षण तथा शव फेला नपरेका अवस्थामा पीडित परिवारले मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैङ्किङलगायत कानुनी अधिकार पाउने व्यवस्था सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । एकातिर आफन्त गुमाउनुको पीडा र अर्कोतर्फ सरकारी क्षतिपूर्ति, बीमा भुक्तानी, बैङ्कमा रहेको रकम […]

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन (असोज १, २ र ३ गते) देशका साना–ठूला नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार प्रमुख नदी प्रणालीहरू तथा केही साना खोलाहरूमा आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहेको छ। विभिन्न […]

काठमाडौँ- हरेक वर्ष असोज १ गते (आश्विन सङ्क्रान्ति) का दिन देशभरका हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ विश्वकर्मा पूजा मनाइरहेका छन्। यस अवसरमा सवारीसाधन, कलकारखाना, धातुजन्य उपकरण तथा फलामे औजारहरूको विशेष पूजाआजा गर्ने परम्परा छ। विशेष गरी कालिगडहरू र विभिन्न उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरूले आजका दिन आफ्ना औजार तथा उपकरणहरू सफा गरी विधिपूर्वक पूजाअर्चना गर्ने गर्छन्। […]

  स्याङ्जा- स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि एक गर्भवती महिलाको संदिग्ध मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा एक जना महिला पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की धरौटीमा रिहा भएकी छन्। साविक छाङछाङदी गाविस–६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको थियो। उक्त घटनामा सुई तथा औषधि खुवाएर पूर्वयोजना […]

  बर्दिया- भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ । बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियर पदमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स र तिसिया सम्पर्कविहीन भएका हुन् । […]

काठमाडौँ । सरकारले सुत्केरी बिदाको अवधिमा व्यापक वृद्धि गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक तयार पार्दै यो प्रस्ताव अघि सारेको हो। प्रस्तावित नयाँ व्यवस्था: आमाका लागि (प्रसूति बिदा): हाल कायम ९० दिनको बिदालाई बढाएर कम्तीमा ६ महिना (पूर्ण […]

  कपिलवस्तु । आसन्न चाडपर्वलाई लक्षित गरी कपिलवस्तुमा चलाइएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन (लापसे) गरी सवारी चलाउने चार जना चालक पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको लापसे तथा मापसे (मादक पदार्थ सेवन) चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूमाथि गरिएको […]

काठमाडौँ । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर धार्मिक एवम् सांस्कृतिक विधिपूर्वक श्रद्धा र भक्तिसाथ मनाइँदैछ। तीजको अवसरमा राजधानीको पशुपतिनाथ मन्दिरका साथै देशैभरका शिवालयहरूमा बिहानैदेखि भक्तजन महिलाहरूको ठूलो भीड लागेको छ। विशेष गरी महिलाहरूले आजका दिन व्रत बसी भगवान् शिव र माता पार्वतीको पूजा-आराधना गर्ने गर्छन्। यसरी पूजा गर्नाले परिवारमा सुख, शान्ति, […]

नेपालगञ्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले गाउँका पाँच जना नागरिकलाई बेपत्ता बनाएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँ यतिबेला गहिरो शोक र सन्नाटामा डुबेको छ। सामान्यतया तीज पर्वको आगमनसँगै रातो सारीको झिलिमिली, मादलको ताल र गीत–सङ्गीतले गुञ्जायमान हुने यस गाउँमा यसपटक भने खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा […]

  काठमाडौँ — नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) को औपचारिक सुरुआत आज भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै भएको छ। चार दिनसम्म हर्षोल्लासका साथ मनाइने यो पर्वको पहिलो दिन आज माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर आडिलो तथा मीठा परिकार खुवाउने परम्परा रहेको छ। भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत […]