जनकपुरधाम । धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो । जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । गत सोमबार साँझ […]

दाङ। एक महिनामा सडक दुर्घटनामा परी बाँकेमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै बर्दियामा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । बाँके र बर्दियासहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । उनका अनुसार दुर्घटनामा परी रूपन्देही […]

गुलरिया — पौडी खेल्ने क्रममा बबई नदीको जब्दी घाटमा डुबेर बेपत्ता भएका गुलरिया नगरपालिका–५ का सृजन पोखरेलको शव तीन दिनपछि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोर टोलीले फेला पारेको छ । उनी डुबेको स्थानदेखि करिब २ सय मिटर दक्षिणमा मृत फेला परेको बर्दिया प्रहरीले जनाएको छ । बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग बबई नदीमा […]

  नेपालगन्ज —पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिकाको फाइनलका लागि शुक्रबार नेपालगन्ज रंगशालामा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिडदै छ्न । २०७९ सालयता एपीएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतिबेला च्याम्पियन बनेको पुलिस पनि त्यसयता उपाधिविहीन छ । एपीएफले दुई पटक महिला लिग जितिसकेको छ । टोलीले हालै इलाम र […]

चितवन, १२ वैशाख। तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ।   चर्को घाम र अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा कठिनाइ भएको छ भने सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ।   भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार बुधवार चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। कार्यालयका अनुसार बुधवार बिहान […]

बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायतका समाग्री जलेर क्षति भएको । खाना पकाएर आगो ननिभाउदा आगलागी भएको स्थानीयको […]

file photo बर्दिया — बुधबार साँझ गुलरिया नगरपालिका–५ बबई नदीको रामबाग घाटबाट नजिकै नुहाउने क्रममा बेपत्ता भएका गुलरिया–५ का सृजन पोखरेलको बिहिबार पनि खोजि कार्य जारी छ । तर उनको शव फेला नपरेपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरे पनि बिहिबार दिउँसो ४ बजेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको […]

बर्दिया । जनमत पार्टीका अध्यक्ष सिके रावतको सचिवालयले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बैशाख १७ गते एकता घोषणाको तयारी भईरहेको जनाएको छ । केहीबेर मात्रै रावतको सचिवालयले सामाजिक सन्जाल फेसबुकमा उक्त कुरा सार्वजनिक गरेको हो । सचिवाललयले जारी गरेको सन्देश जस्ताको तस्कै ।   […]

  गुलरिया । गुलरिया नगरपालिको तुलापुरस्थित जिर्ण रहेको बर्दिया कारागारको क्षमता १५० जना छ । तर, जिल्लामा अपराधिक घटना बढेसंगै उक्त कारागारमा हाल ४२८ जना कैदीबन्दीलाई राखिएको छ । कैदीबन्दीको संख्या दुई गुणा बढी भएपछि उनीहरुलाई बस्न, उठ्न र सुत्न समस्या भएको छ । उनीहरुलाई हरेक गतिबिधि गर्न सास्ती भोग्नु परेको छ । ब्याम गर्न […]

बुटवल । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ। उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ। शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएकाे थियो । बिहान भारतीय […]