काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का […]
काठमाडौँ । संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्याइरहेको बताएकी छन् । युनिसेफको प्रतिवेदनले १९६० र २०२० देखि २०२४ सम्मको ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा माथिको तापक्रमका दिनहरू चरम तातो दिनहरूको संख्यालाई तुलना गरेको छ । प्रतिवेदनले चरम गर्मी दिनहरूको संख्यामा […]
काठमाडौँ। नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ । काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो । भक्तपुरको गट्ठाघर चोकमै ना ६ ख २१७३ […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ । […]
बीबीसी-“मैले दु:ख पाएर फर्किएको घरपरिवारका सबैलाई थाहा छ, तर जे बित्यो, त्यो मैले आमा र आफन्तलाई अहिलेसम्म भन्न सकेकी छैन,” उनले मलिन स्वरमा भनिन्, “छोरीलाई त मैले दु:ख पाएर फर्किएको पनि थाहा छैन।” प्रहरीले अनुसन्धानका क्रममा दिएको परिवर्तित नाम ‘बबरमहल (३१५)’ भएकी उनी खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन्। स्वदेश फर्केपछि पनि उनी असुरक्षित महसुस गरी […]
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा परेका छन् । मंकी […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु […]
खजुरा । बाँके राष्ट्रिय निकुञ्जको टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ स्थित एक विद्यालयबाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा ८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट कमै मात्रामा पाइने कोरल रेड कुक्री प्रजातिको सर्पलाई उद्धार गरिएको निकुञ्जका रेन्जर यामबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको सर्प भारत […]
नेपालगन्ज। भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो । आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा […]











