बाँके, नेपालगंज उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा नेपालगंज बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका २८ वर्षीय राजकुमार वली समेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ सय ३६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । […]
बाँके । डुडुवा गाउँपालिका(१ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा सोही गाउँपालिका १ बस्ने श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको शव मंगलबार फेला परेको छ । ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
बाँके । लागु औषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम लागु औषकसहित १९ वर्षीय अनुप थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी बाँके राप्तीसोनारी गाउँपालिका ६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार […]
दाङ । दाङ राजपुर गाउँपालिका(२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की २६ […]
गुल्मी — जंगली च्याउ खाँदा जिल्लाको इश्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुष्मा कुमाल बिरामी परेका छन । सोमबार जंगली च्याउ खाएर बिरामी परेका उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको सरिताका श्रीमान् बिर्खबहादुरले बताए । उनका अनुसार धान काट्न खेताला गएकाहरुले च्याउ फेला पारेर ल्याएका […]
पूर्वी नवलपरासी — पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् । दुर्घटनामा सख्त घाइते भएका जिप चालक ईश्वरबहादुर लोहनीसमेत त्यही परिवारका सदस्य हुन् । दुर्घटनामा ज्यान गुमाउने सबै ६ जना […]
२ कात्तिक, गुल्मी । डोजरको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको छ । तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका […]
नेपालगन्ज, असोज १ बुधबार ४३ औं बिश्व खाद्य दिवसको अबसरमा बाँकेमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अन्र्तक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र, जिल्ला खाद्य अधिकार संञ्जाल, फियान नेपाल, बाँकेको आयोजकनामा सम्पन्न भएको थियो । कार्यक्रममा खाद्य अधिकार सम्बन्धि दुई वटा कार्यपत्र प्रस्तुत गरिएको छ । बाँकेमा कृषिको आवस्थाका बिषयमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले […]
पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवामा कम्पनीको ट्रस बनाउने क्रममा खसेर कपिलवस्तु महाराजगन्ज नगरपालिका–६, सहरनिया बस्ने ३० वर्षीय इजमानन खानको मृत्यु भएको छ । खान अन्दाजी २२ मिटर माथिबाट खसेका हुन् । घाइते भएका खानलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय […]
बर्दिया — बढैयाताल गाउँपालिका—९ का सुकदेव थारुले चलाएको भे ७ प ८६०४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलले गुलरिया नगरपालिका—११ का ६० वर्षीय ईस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका खाँलाई उपचारका लागि बाँके नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको […]









