दाङ — नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला पाँच बुँदे सहमतिपछि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि बिहीबार खुलेको छ । यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्ध गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । बिहीबार भएको […]
बाँके — बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् […]
गोरखा । कानको सुन लुटपाट गर्न आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटना ढाकछोप गर्न मृतकलाई […]
बर्दिया — गत भदौ २२ मा मधुवन नगरपालिका(३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरलाई आक्रमण गर्ने बाघ फेला परेको छैन । उक्त बाघलाई पहिचान गर्न खाता जैविक मार्गमा पाँच वटा ट्रयापिङ क्यामरा राखिएको थियो । बाघ क्यामरामा नदेखिएको अन्यत्र गएको जानकारी वनका कर्मचारीले दिएका छन् । खाता रेन्ज पोष्टका अनुसार […]
बाँके — बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरबाट २ जनालाई ६५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले बालेगाउँबाट बाबुगाउँतर्फ आउँदै गरेका डुडुवा गाउँपालिका वडा नं। ६ का २८ वर्षीय उदयराज मौर्यलाई ५० ग्राम ब्राउनसुगरसहित र कोहलपुर नगरपालिका वडा नं। १, कौशिलानगरबाट प्रहरीले प्रकाश विकलाई […]
गुलरीया । बारबर्दिया नगरपालिका वडा न. १० स्थित भासिएर सवारी आउजाउ बन्द भएको बैदा गाउँको झरनैया पुलको मर्मत सम्हार मंगलबारदेखि सुरु भएको छ । पुलको पश्चिम दक्षिणको भागको तटबन्ध बाढीले भत्काएपछि पुलको माटो खोलामा खसेर भ्वाँग परेको छ । भ्वाँग बनेपछि सवारी साधन आउजाउ ठप्प भएको छ । त्यस्तै पुलको उत्तर पुर्बमा खाल्डो बनेको छ […]
कपिलवस्तु — वाणगंगा नगरपालिका–८, पुलचोकमा सोमबार राति ११ बजेतिर २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा मृत्यु भएको छ । काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।
पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी […]
बाँकेमा विष्फोट, द्वन्द्वकालीन माइन भएको अनुमा ३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ ढकेरि नजिकै सडक किनारमा माईन विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ । विष्फोटपछि राजमार्गको आधा खण्डमा खाल्डो बनेको छ । आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको […]
बर्दिया, शनिवार, भदौं ३० बर्दियाको गुलारिया नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । फत्तेबाल आँखा अस्पताल फुलटेक्र नेपालगन्जको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठमण्डौंको सहयोग तथा गुलारिया नगरपालिकाको समन्वयमा निशुल्क आँख शिविर सम्पन्न गरिएको हो । आँखा शिविरबाट एक हजार ५ सय ८० जनाले आँखा परिक्षण गराएकाछन् । जसमध्ये एक सय ९६ जना मोतिबिन्दुको […]











